default_image

6 months ago

July 5, 2025

पहिलो हाफमा नेपाल पछाडि

684 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन छनोटको पहिलो हाफमा नेपाल विरूद्ध घरेलु टोली उज्वेकिस्तानले पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ।

उज्वेकिस्तानको अग्रता्ा खाबबुलेएभा र मातफुना सोयीमोभाले गोल गर्दा नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोल भएको थियो। नेपालको लागि सावित्रा भण्डारी (साम्बा) ले एक गोल गरिन्।

खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा टुर्डिबोएभाको सटलाई डिफेन्डर गीता रानाले हेडर मार्फत ब्लक गरेपनि अनमार्क रहेकी खाबिबुलेएभाले बक्स भित्रबाट पहिलो बारमा गोल गर्दा गोलकिपर अन्जना राना मगरले कुनै मौका नै पाइनन्।

पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल बेहोर्यो। उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो।

खेलको २४ औं मिनेटमा नेपालले गोल फर्कायो। कप्तान साम्बाले गोल गरिन्। अन्जनाको लामो गोल किकमा उज्वेकिस्तानकी किपर मातफुना बक्स बाहिर आएर हेड गर्दै बल क्लियर गर्न खोजिन्। बल क्लियर भएन । रश्मि कुमारी घिसिङले हेडर पास दिएको बललाई साम्बाले करिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो। उनको यो ६१औं खेलमा ६५ औं गोल हो। नेपालले खेललाई २-१ मा पुर्यायो।

तर खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएफछि उज्वेकिस्तानले पेनाल्टीको अबसर पायो। मातफुना सोयिमोभाले गोल गरिन्। उज्वेकिस्तानले ३-१ को अग्रता बनायो। पहिलो हाफ‌ यही नतिजामा सकियो।

पहिलो हाफको इन्जुरी समयमा साम्बालाई फाउल हानेकी नोजिमाखोन इर्गासेबा दोहोरो पहेंको कार्ड पाउँदै मैदसन बाहिरिन्। उज्वेकिस्तान १० जनामा समेटियो।

यसअघि दुई खेल जितेका दुवै टोलीलाई छनोट हुन जित्न जरुरी छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.