default_image

5 months ago

July 5, 2025

पहिलो हाफमा नेपाल पछाडि

682 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी महिला एसियन छनोटको पहिलो हाफमा नेपाल विरूद्ध घरेलु टोली उज्वेकिस्तानले पहिलो हाफमा ३-१ को अग्रता बनाएको छ।

उज्वेकिस्तानको अग्रता्ा खाबबुलेएभा र मातफुना सोयीमोभाले गोल गर्दा नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोल भएको थियो। नेपालको लागि सावित्रा भण्डारी (साम्बा) ले एक गोल गरिन्।

खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनायो। फेरुजा टुर्डिबोएभाको सटलाई डिफेन्डर गीता रानाले हेडर मार्फत ब्लक गरेपनि अनमार्क रहेकी खाबिबुलेएभाले बक्स भित्रबाट पहिलो बारमा गोल गर्दा गोलकिपर अन्जना राना मगरले कुनै मौका नै पाइनन्।

पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल बेहोर्यो। उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो।

खेलको २४ औं मिनेटमा नेपालले गोल फर्कायो। कप्तान साम्बाले गोल गरिन्। अन्जनाको लामो गोल किकमा उज्वेकिस्तानकी किपर मातफुना बक्स बाहिर आएर हेड गर्दै बल क्लियर गर्न खोजिन्। बल क्लियर भएन । रश्मि कुमारी घिसिङले हेडर पास दिएको बललाई साम्बाले करिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो। उनको यो ६१औं खेलमा ६५ औं गोल हो। नेपालले खेललाई २-१ मा पुर्यायो।

तर खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएफछि उज्वेकिस्तानले पेनाल्टीको अबसर पायो। मातफुना सोयिमोभाले गोल गरिन्। उज्वेकिस्तानले ३-१ को अग्रता बनायो। पहिलो हाफ‌ यही नतिजामा सकियो।

पहिलो हाफको इन्जुरी समयमा साम्बालाई फाउल हानेकी नोजिमाखोन इर्गासेबा दोहोरो पहेंको कार्ड पाउँदै मैदसन बाहिरिन्। उज्वेकिस्तान १० जनामा समेटियो।

यसअघि दुई खेल जितेका दुवै टोलीलाई छनोट हुन जित्न जरुरी छ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.