5 months ago
July 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापनलाई लिएर चौतर्फी आलोचना भएपछि त्यसमा आधारिक धारणा प्रस्तुत गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज पत्रकार सम्मेलनमा गर्ने भएको छ।
पत्रकार सम्मेलनमा महिला टोलीसँग सम्बन्धित प्राविधिक र व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्ने व्यक्ति रहने एन्फाले जनाएको छ।
पत्रकार सम्मेलनमा महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले हालै दिएका अभिव्यक्तिका बारेमा प्रतिक्रिया दिइनेछ बताइएको छ ।
साथै उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा टोलीको प्रदर्शनबारे पनि समिक्षा गरिने जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा एन्फा कार्यसमिति सदस्य समेत रहेकी हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मालेकु, प्राविधिक निर्देशक हरि खड्का, महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक बिन्द्रा देवान प्रस्तुत हुने बताइएको छ।
साफ महिला यु २० च्याम्पियनसिपमा भाग लिन जाने टोलीको बिदाइमा मंगलवार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले सांकेतिक रुपमा डे वाइल्डको भनाई प्रति असहमति जनाएका थिए।
डे वाइल्डले महिला टोलीसँगको विषयलाई लिएर एन्फाको कमजोर व्यवस्थापन उजागर गरेका थिए। जे सन्चारमाध्यम आएको छ त्यो सही होइन भन्ने आफूलाई लागेको नेम्वाङले बताएका थिए।
महासचिव राईले भने पत्रकार टोलीसँगै रहने भएकाले आफूलाई एन्फाकै टोलीको सम्झन र सानो तिनो विषयलाई समाचार नबनाउन भनेका थिए ।
डे वाइल्ड उज्वेकिस्तानबाट नेपाल नआएर स्वदेश बेल्जियम फर्केका थिए। उनी पूर्व निर्धारित तालिका अनुसार बेल्जियम फर्किएको बताइएको छ ।
एसियन कप छनोटको पहिलो खेलमा भएको कप्तान सम्बन्धि विवाद सन्चारमाध्यममा आएपछि एन्फा डे वाइल्डसँग रुष्ट रहेको बुझिएको छ।
तत्कालीन कप्तान एन्जिला तुम्बाप्पो सुब्बा पहिलो रोजाइमा नपरेपछि डि वाइल्डले सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तान तोकेका थिए ।
तर, व्यवस्थापक देवानले त्यसअघि नै रेनुका नगरकोटे कप्तानका रुपमा प्लेइङ लिस्ट बुझाएकी थिइन् । देवानले ९० मिनेटअघि प्रशिक्षकले कप्तानको नाम नदिएका कारण यस्तो गर्नुपरेको बताएकी थिइन्।
यु २० बिदाइमा अध्यक्ष नेम्वाङले खुलेर नभई सांकेतिक रुपमा पछि उता पुगेर विवाद नगर्नु , कप्तान यहि तोकेर जानु, व्यवस्थापकलाई पनि टोलीकै हिस्सा मान्नु भन्दै युवा टोली प्रशिक्षकलाई सम्बोधन गरेका थिए। घुमाउरो पाराले उनले डे वाइल्डले यी सबै काम नगरेकोले समस्या आएको भन्ने बुझ्न सकिन्थ्यो।
पत्रकार सम्मेलनले विषयमा स्पष्ट पार्छ वा थप गिजोल्छ त्यसको लागि आज दिउँसो ३:३० बजेको पत्रकार सम्मेलनसम्म कुर्नुपर्ने छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]