default_image

5 months ago

July 9, 2025

साम्बासहित १० खेलाडी सम्मानित

1105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ सहित १० फुटबलरलाई बुधवार नगद तथा छात्रवृत्तिसहित सम्मान गरेको छ ।

धुम्बाराहिस्थित स्कुलमा आज आयोजित कार्यक्रममा कप्तान साम्बा , अनिता बस्नेत, रेखा पौडेल, सविता रानामगर, पूजा रानासहित राष्ट्रिय टिमकी पूर्वकप्तान अनु लामा, हिराकुमारी भुजेल, युवा खेलाडीहरू सावित्री किसान, कुसुम खतिवडा र सुनकला राईलाई जनही १० हजार रुपैयाँ तथा समग्रमा १८ लाख बढीको छात्रवृत्तिसहित सम्मान गरेको हो ।

उनीहरूलाई कार्यक्रमका काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जन, स्कुलका संस्थापक प्रधानाध्यापक भीमकुमार श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव दामोदर (बद्री) भट्टराईले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

महिला फुटबलमा लगानी बृद्धि गर्नुपर्ने उल्लेख गर्दै वडाध्यक्ष महर्जनले भने, ‘महिला टिमले थोरै लगानीमै देशको लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले उनीहरू हाम्रो समाजका हिरो हुन् । हामीले खेलाडीलाई उत्साहित बनाउनका लागि खेलकुदमा थप लगानी गर्नु आवश्यक छ ।’

द इन्साइट भिजन स्कुलका संस्थापक प्रधानाध्यापक श्रेष्ठले भने, ‘हाम्रा खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै देशको प्रतिष्ठा बढाएका छन् । हामीले संभावना देखेरै उनीहरूलाई औपचारिक शिक्षामा पनि सहज तबरले अगाडि बढ्न सकोस् भनेर चार वर्षयता महिला फुटबलमा धेरैलाई छात्रवृत्ति दिएका छौं । अहिले साम्बासहित १० जनाले पूर्ण छात्रवृत्रिमा बिबिएस अध्ययन गरिरहेका छन् । यसरी नै हामी खेलाडीको हौसला बढाउँदै जानेछौं ।’

‘शिक्षा हामी सबैका लागि महत्वपूर्ण हुन्छ,’ सम्मानपछि कप्तान साम्बाले भनिन्, ‘सबैले आ–आफ्ना क्षेत्रमा मिहिनेत गर्नुपर्छ । फुटबलसँगै औपचारिक शिक्षालाई अगाडि बढाउने अवसर दिएर इन्साइट भिजनले हामीलाई यहाँ उभिने अवसर दिएको छ । यसको लागि इन्साइट भिजन तथा राजधानी क्याम्पसलाई धेरै–धेरै धन्यवाद ।’

एउटै व्यवस्थापनमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसमा पुरुषको राष्ट्रिय टोली तथा उमेर समूहका १४ जना फुटबलर पनि छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता साम्बासहित पूजा, अनिता, रेखा र सविताले एसियन कप छनोट खेलेका थिए ।

तास्कन्दमा भएको छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन असफल भएको थियो ।

नेपालले सुरुका दुई खेलमा लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो ।उज्वेकिस्तानविरुद्ध ३–३ को बराबरी भएपछि छनोटको लागि निर्णायक खेल टाइब्रेकरमा पुगेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.