default_image

5 months ago

July 14, 2025

मनाङ र फ्रेन्ड्सको जित

397 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स युथ क्लबले जित निकालेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवारको पहिलो खेलमा मनाङले चर्च व्बाइज युनाईटडलाई ४-३ ले पराजित गर्यो ।

मनाङको जितमा राम अर्जेलले छैटौं र २४औं मिनेटमा गोल गरे । रोहन थापा मगरले १७औं तथा धम्रेन्द्र बोहोराले ८४औं मिनेटमा गोल गरे ।

चर्च व्बाइजका लागि शुसान थापा मगरले २०औं र ३१औं मिनेटमा तथा सुजित लामाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे ।

आजै भएको दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० ले पराजित गर्यो ।

फ्रेन्ड्सका लागि पुरन श्रेष्ठले २०औं र मन्दिप ढुगेंलले २८औं मिनेटमा गोल गरे । आर्मीका बादल पोखरेलले ८९औं मिनेटमा आत्मघाती गोल उपहार स्वरुप दिए ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.