default_image

5 months ago

July 19, 2025

पहिलो हाफमै नेपालको आधा दर्जन गोल

549 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो हाफमा नेपालले भुटान विरूद्ध ६-० को अग्रता बनाएको छ ।

बङ्गलादेशमा जारी खेलमा पुर्णिमा राईले पहिलो हाफमै ह्याट्रिकको सफलता प्राप्त गरिन् ।‌ मिना देउवाले दुई र समिक्षा मगरले एक गोल गरे ।

नेपालले खेल सुरू भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो। सरिता कुमारी नाथको क्रसलाई भुटानकी डिफेन्डरले ब्लक गरेपनि मिना देउवाले बललाई सही दीशा दिईन्। खेलको नवौं मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो । समिक्षाले हानेको लामो‌ प्रहार क्रसबारमा लागेर आएको बल भुटानकी गोलकिपरलाई लाग्दै गोलमा परिणत भयो।

१२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो। सुक्रीया मियाले हानेको प्रहारलाई भुटानकी गोल किपरले रोकेपनि रिबाउन्डमा ६ यार्ड बक्स भित्रबाट मिनाले हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो ।

गोलको वर्षा भएको खेलको २३ औं मिनेटमा मिनाको पासमा पुर्णिमा राईले क्लोज रेन्जबाट गोल गरिन् । नेपालले ४-० को अग्रता बनायो।

इन्जुरी समयको पहिलो मिनेटमा सरिताको फ्रि-किकमा गोल किपरले मिस जज गर्दा पुर्णिमाको हेडर‌ गोलमा परिणत भयो । इन्जुरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलाउँदै पूर्णिमाले उत्कृष्ट गोल गरिन् । यो सँगै उनले ह्याट्रिक पुरा गरिन् । पहिलो हाफमा नेपालले ६-० को अग्रता बनाएको छ ।‌

पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग ३-२ गोल अन्तरले हारेको थियो । तेस्रो र चौथो खेलमा श्रीलंकालाई समान ७-० ले हराएको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.