default_image

5 months ago

July 20, 2025

जर्मनी युरोको सेमिफाइनलमा

600 views

0 Bookmark

एजेन्सी – जर्मनी युइएफए महिला युरोको सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै जर्मनी युरो २०२५ को अन्तिम चारमा पुगेको हो।

८ पटकको च्याम्पियन जर्मनी खेलको १३औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। क्याथ्रिन हेन्डरिचले ग्रिज एमबोकको कपाल तानेर पेनाल्टी बक्सभित्र फाउल गरिन्।

भिएआरको जाँचपछि हेनमडरिचले सिधै रातो कार्ड पाएकी थिइन्। फ्रान्सले पेनाल्टी पायो । जसलाई ग्रेस गेयोरोले गोल गरिन् र फ्रान्सले अग्रता लियो।

तर जर्मनी तुरुन्तै खेलमा फर्कियो। १५ औं स्जोके नुस्केनले हल्का हेडमार्फत गोल गर्दै टोलीमा आत्मविश्वास फर्काइन्।

जर्मनी टोली बाँकी खेलमा पनि संगठित र दृढ देखियो। केही समय फ्रान्सभन्दा उत्कृष्ट देखियो। फ्रान्सकी गेयोरोले दोस्रो गोल गरे पनि माएल लाक्रार अफसाइड भएकाले‌ मान्यता पाएन ।

जर्मनी अर्को अवसरमा पनि चुक्यो । नुस्केनले पेनाल्टी सीधा फ्रान्सकी गोलकिपर पोलिन पेरोद-मान्याँको हातमा दिइन् । तजुल ब्रान्डलाई सेल्मा बाचाले फाउलगरेपछि दिइएको थियो।

बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटतर्फ गयो। जर्मनीले ७ मध्ये ६ पेनाल्टीमा गोल गर्‍यो। गोलकिपर एन-क्याथ्रिन बर्गरले उच्च प्रदर्शन गरिन्। उनले अमेल माझ्री र एलिस सोम्बाथको पेनाल्टी बचाएर जर्मनीलाई ६–५ को जित दिलाइन्।

जर्मनीले सेमिफाइनलमा बुधवार विश्व च्याम्पियन स्पेनको सामना गर्नेछ। युरो इतिहासमा फ्रान्सलाई सबैभन्दा धेरै ४ पटक क्वार्टरफाइनलबाट बाहिरिएको छ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.