5 months ago
July 20, 2025
एजेन्सी – लियोनेल मेस्सीको २ गोल र २ असिस्टको मद्दतमा इन्टर मियामीले शनिवार न्यूयोर्क रेड बुल्सलाई ५-१ ले पराजित गरेको छ।
न्यू जर्सीको ह्यारिसनमा मियामीले पुनरागमन जित निकालेको हो। मियामी (१२ जित, ४ बराबरी, ५ हार) को एमएलएस इस्ट कन्फ्रेन्समा ४१ अंक पुगेको छ।
पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा खेलमा फर्कियो। टेलास्को सेगोभियाको २ गोलसहितको आक्रमणबाट मियामीले पहिलो हाफ सकिनुअघि नै ३–१ को अग्रता बनाएको थियो।
बुधवार सिन्सिनाटीविरुद्ध ५ खेलको जितको शृंखला टुटेपछि मियामीले सातौं खेलमा छैटौं जित दर्ता गर्यो। यी ७ खेलमध्ये मेस्सीले ६ पटक दुई गोल गरेका छन्।
रेड बुल्स घरेलु मैदानमा लगातार जित निकाल्न असफल रह्यो । मियामीसँग यो सिजन दोस्रो पटक पराजित भयो।
रेड बुल्सका लागि खेलको १५औं मिनेटमा अलेक्जेन्डर ह्याकले गोल गर्दै अग्रता दिलाए ।
मियामीका नियमित गोलकिपर ओस्कार उस्तारी चोटका कारण अनुपस्थित हुँदा रोक्को रियस नोभोले सिजनको दोस्रो पटक सुरुवात गरे ।
२४औं मिनेटमा मेस्सीको क्रसमा जोर्डी आल्बाले एमएलएस लिग खेलमा आफ्नो पहिलो गोल गर्दै स्कोर १-१ बराबरीमा ल्याए। त्यसको तीन मिनेटमा आल्बाको क्रसमा सेगोभियाले गोल गरे।
पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रेडोन्डोले रेड बुल्सको बक्समा बल पुर्याए तर प्रहार गर्न सकेनन्। तर सेगोभियाले रिबाउन्डमा गोल गर्दै स्कोर ३–१ बनाए।
६०औं र ७५औं मिनेटमा मेस्सीले २ गोल गर्दै मियामीको जित निश्चित गरे। घरेलु टोली रेड बुल्सको मैदान भए पनि मियामी समर्थकहरू मेस्सीको प्रदर्शनबाट उत्साहित थिए। मेस्सीले यो सिजन एमएलएसमा आफ्नो गोल संख्या १८ पुर्याएका छन्।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]