default_image

5 months ago

July 20, 2025

नेपाल समूह ‘ए’मा, भारत र पाकिस्तान अर्कोमा

5325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाको कोलम्बोमा हुने साफ यु-१७ च्याम्पियनसिपको ड्र आज सार्वजनिक भएको छ।

बंगलादेशको ढाकामा भएको ड्रमा समुह ‘ए’ मा ३ र समुह ‘बी’ मा ४ राष्ट्र रहेका छन्।

नेपाल समुह ‘ए’ मा आयोजक श्रीलंका र बंगलादेशसँग रहेको छ। भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह ‘बी’ मा भारत र पाकिस्तानसँगै भुटान र माल्दिभ्ससँग परेका छन्। भारत गत संस्करणको विजेता हो।

प्रतियोगिता सन् २०२५ सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुनेछ। साफ महासचिव पुरुषोत्तम कट्टेलको उपस्थितिमा ड्र ढाकामा सम्पन्न भएको हो।

जहाँ यु-२० महिला साफ च्याम्पियनसिपका प्रशिक्षक तथा अफिसियलहरूको पनि उपस्थिति रहेको थियो।‌
उपाधिका लागि दक्षिण एसियाका ७ राष्ट्रबीच‌ प्रतिस्पर्धा हुनेछ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.