5 months ago
July 20, 2025
रविन्द्र वाईबा, हेटौंडा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यू-१७ महिला फुटबल टोलीका लागि केन्द्रिय स्तरिय खेलाडी छनोट गर्न सुरु गरेको छ।
मकवानपुरको हेटौंडास्थित गौरीटार रंगशालामा खेलाडी आइतवार छनोट गर्न सुरु गरेको हो। खेलाडी छनोटमा एन्फामा आवद्ध ७ प्रदेश फुटबल संघबाट ३ सय ५० भन्दा बढी खेलाडी सहभागी छन् ।
एन्फाले ४० जनालाई बन्द प्रशिक्षणको लागि छनोट गरिने एन्फाका केन्द्रिय सदस्य टीका लामाले बताए । एन्फाले जिल्ला र प्रदेश फुटबल संघबाट खेलाडी छनोट गरि केन्द्रियस्तरका अन्तिम छनोट सुरु गरेको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार आगामी भदौ ४ गतेदेखि १५ गते सम्म भुटानमा साफ यु-१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ। प्रतियोगिताका लागि एन्फाले खेलाडी छनोट गर्न लागेको हो। केन्द्रियस्तरको छनोट साउन ६ गतेसम्म चल्नेछ।




December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]