5 months ago
July 20, 2025
रविन्द्र वाईबा, हेटौंडा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय यू-१७ महिला फुटबल टोलीका लागि केन्द्रिय स्तरिय खेलाडी छनोट गर्न सुरु गरेको छ।
मकवानपुरको हेटौंडास्थित गौरीटार रंगशालामा खेलाडी आइतवार छनोट गर्न सुरु गरेको हो। खेलाडी छनोटमा एन्फामा आवद्ध ७ प्रदेश फुटबल संघबाट ३ सय ५० भन्दा बढी खेलाडी सहभागी छन् ।
एन्फाले ४० जनालाई बन्द प्रशिक्षणको लागि छनोट गरिने एन्फाका केन्द्रिय सदस्य टीका लामाले बताए । एन्फाले जिल्ला र प्रदेश फुटबल संघबाट खेलाडी छनोट गरि केन्द्रियस्तरका अन्तिम छनोट सुरु गरेको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार आगामी भदौ ४ गतेदेखि १५ गते सम्म भुटानमा साफ यु-१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ। प्रतियोगिताका लागि एन्फाले खेलाडी छनोट गर्न लागेको हो। केन्द्रियस्तरको छनोट साउन ६ गतेसम्म चल्नेछ।




December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]