5 months ago
July 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै संकटा क्लब शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आजको दोस्रो खेलमा संकटाले मनाङलाई २-० पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
संकटाको जितमा नवराज तिरुवा र प्रज्वल कुमार लुर्मीले गोल गरे । ५५औं मिनेटमा नवराजले तथा ६७औं मिनेटमा प्रज्वलले गोल गरे ।

संकटा ७ खेलमा १८ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट मनाङ ११ अंकसहित पाँचौ स्थानमा छ ।
आजै भएको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले पराजित गरेको छ।
विजयी प्लानिङ ब्वाइज ७ खेलमा ९ अंक सहित नवौं स्थानमा छ । समान खेलमा ३ अंक सहित आर्मी १३औं स्थानमा छ ।
आजको पहिलो खेलमा एपिएफ क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]