default_image

5 months ago

July 21, 2025

नेपाल उपाधिका लागि बंगलादेशसँग खेल्दै

260 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा आज आयोजक बंगलादेशसँग उपाधिका लागि निर्णायक खेल खेल्दैछ।

यो खेलको निर्णयले उपाधि विजेताको टुंगो लाग्नेछ। जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो।‌ घरेलु टोलीले ५ खेलमा ५ खेल नै जितेको छ। बंगलादेश १५ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ।‌

नेपालले भने ५ खेलमा ४ जित दर्ज गरेको छ। १२ अंक सहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। नेपाल बंगलादेशसँगको पहिलो खेलमा ३-२ गोल अन्तरले हारेको थियो।

सो हारको बदला लिंदै उपाधि जित्ने अवसर नेपाली युवा टोलीलाई रहेको छ। आज नेपालसँग जितको विकल्प छैन। तर बंगगलादेशलाई भने उपाधि जित्न बराबरी नै प्रयाप्त हुनेछ। त्यसैले दबाबमा नेपाली टोली हुनेछ।

बंगलादेश‌सँगको हार बाहेक नेपालले श्रीलंकासँगको २ खेलमा भने सानदार प्रदर्शन गरेको छ। श्रीलंकालाई दुबै खेलमा ७-० ले हराएको थियो। नेपालले भुटानलाई पहिलो खेलमा ६-१ ले हराउँदा दोस्रो खेलमा ८-० को फराकिलो अन्तरमा माथ दिएको थियो।

नेपालले ५ खेलमा ३० गोल गरेको छ भने ४ गोल खाएको छ। नेपालको फ्रन्ट र मिड लाइन मजबुत देखिएको छ। आज नेपालले सजक भएर खेलेमा जित असंभव छैन। तर सहज पनि छैन।

उपाधि जित्ने सुनौलो अवसर र चुनाैती युवा टोलीसँग छ। खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.