5 months ago
July 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा आज आयोजक बंगलादेशसँग उपाधिका लागि निर्णायक खेल खेल्दैछ।
यो खेलको निर्णयले उपाधि विजेताको टुंगो लाग्नेछ। जारी प्रतियोगितामा बंगलादेश एकमात्र अपराजित टोली हो। घरेलु टोलीले ५ खेलमा ५ खेल नै जितेको छ। बंगलादेश १५ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ।
नेपालले भने ५ खेलमा ४ जित दर्ज गरेको छ। १२ अंक सहित नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ। नेपाल बंगलादेशसँगको पहिलो खेलमा ३-२ गोल अन्तरले हारेको थियो।
सो हारको बदला लिंदै उपाधि जित्ने अवसर नेपाली युवा टोलीलाई रहेको छ। आज नेपालसँग जितको विकल्प छैन। तर बंगगलादेशलाई भने उपाधि जित्न बराबरी नै प्रयाप्त हुनेछ। त्यसैले दबाबमा नेपाली टोली हुनेछ।

बंगलादेशसँगको हार बाहेक नेपालले श्रीलंकासँगको २ खेलमा भने सानदार प्रदर्शन गरेको छ। श्रीलंकालाई दुबै खेलमा ७-० ले हराएको थियो। नेपालले भुटानलाई पहिलो खेलमा ६-१ ले हराउँदा दोस्रो खेलमा ८-० को फराकिलो अन्तरमा माथ दिएको थियो।
नेपालले ५ खेलमा ३० गोल गरेको छ भने ४ गोल खाएको छ। नेपालको फ्रन्ट र मिड लाइन मजबुत देखिएको छ। आज नेपालले सजक भएर खेलेमा जित असंभव छैन। तर सहज पनि छैन।
उपाधि जित्ने सुनौलो अवसर र चुनाैती युवा टोलीसँग छ। खेल साँझ ६:४५ बजे सुरु हुनेछ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]