default_image

5 months ago

July 22, 2025

करातेकी एरिका र फुटबलकी अञ्जनालाई इनर ह्विलको सम्मान

663 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगर मंगलवार भक्तपुरको मध्यपुरमा नगदसहित सम्मानित भएका छन् ।

कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण तथा एसियन च्याम्पियनसिपमा रजत जितेकी कराते एरिका र गोलकिपर अञ्जनालाई मध्यपुरस्थित इनर ह्विल क्लबले समान २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेवापत दुवै खेलाडीलाई डा. सृष्टी श्रेष्ठ प्रजापतिले उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष प्रजापतीले खेलाडीलाई सम्मान गर्दै खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन् ।

उनले आगामी वर्षहरुमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन ।

सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरुलाई देशका लागि अझ समर्पित भएर खेल्न उर्जा मिल्ने बताउँदै आयोजकलाई धन्यवाद दिए ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.