default_image

5 months ago

July 23, 2025

इंग्ल्याण्ड युरोको फाइनलमा

1280 views

0 Bookmark

एजेन्सी – साविक विजेता इंग्ल्याण्डले युइएफए महिला युरोको फाइनल पुगेको छ।

फेरि एक पटक अविश्वसनीय पुनरागमनका साथ अतिरिक्त समयमा इटालीलाई २-१ ले हराउँदै इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो।

मिचेल अजेमेंगले इन्जुरी समयको छैंटौं मिनेटमा बराबरी गोल गर्दै इंग्ल्याण्डलाई खेलमा कायम राखिन्।

अतिरिक्त समयको एक मिनेट बाँकी हुँदा अर्की विकल्प खेलाडी क्लोइ केलीले गरेको गोल खेलको निर्णायक बन्यो। आफैले प्रहार गरेको पेनाल्टीको रोकेपछि रिबाउन्ड केलीले गोलमा गर्दै टोलीको फाइनल यात्रा तय गराइन् ।

स्विजरल्याण्डमा वैकल्पिक खेलाडीले फेरि एक पटक उच्च प्रदर्शन गर्दा सारिना विगम्यानको टोलीले आफ्नो उपाधि रक्षा गर्ने योजनाबाट  पछि हट्नु परेन।

१९ वर्षिय अजेमेंगले प्रतियोगितामा दोस्रो गोल गरेकी हुन्।  दुबै पटक बेन्चबाट मैदान छिरेर उनले गोल गरेकी हुन् । उनले गोलकिपर लारा जुलियानीलाई छकाउँदै गोल गरिन् ।

३३ औं मिनेटमा बारबरा बोनान्सियाले गोल गर्दै इटालीलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि इंग्ल्याण्डकी प्रशिक्षक विगम्यानले आफ्नो भरपर्दो बेन्च खेलाडीमा भरोसा गरिन्। उनीहरुले अपेक्षाअनुसार प्रदर्शन गरे।

अब विगम्यानले प्रशिक्षकको रूपमा लगातार तेस्रो युरो उपाधि जित्ने प्रयास गर्नेछिन् । उनको टोली लगातार तेस्रो ठूलो प्रतियोगिताको फाइनलमा पुगेको छ। यसपटकको यात्रा झन् चुनौतीपूर्ण रह्यो।

फाइनल खेल आइतवार बासेलमा हुनेछ । जहाँ इग्ल्याण्डले जर्मनी वा स्पेनसँग फाइनल खेल्नेछ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.