default_image

5 months ago

July 24, 2025

स्पेन युरोको फाइनलमा

1579 views

0 Bookmark

एजेन्सी – स्पेन युइएफए महिला युरो फाइनलमा पुगेको छ।

ऐताना बोनमाटीको अतिरिक्त समयमा गरिएको गोलले जर्मनीलाई १-० ले हराउँदै स्पेन युरोको उपाधि नजिक पुगेको हो। स्पेनले इंग्ल्यान्डसँग फाइनल खेल्नेछ। पछिल्लो विश्व कप यीनै दुई टोलीले प्रतिस्पर्धा गरेका थिए।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। दुईपटक बलन डि’ओर जितेकी बोनमाटीले १ सय १३औं मिनेटमा गोलकिपर एन–क्याट्रिन बर्गरलाई छक्याउँदै गोल गर्दै टोलीको फाइनल यात्रा पक्का गरिन्।

अन्तिम केही क्षणमा जर्मनीले दबाब तीव्र बनायो । तर गोलकिपर काटा कोलले लिया शुलरको प्रहार रोक्दै स्पेनलाई इतिहासमा पहिलोपटक युरोको फाइनलमा पुर्‍याइन्।

अब स्पेनले सरिन विगम्यानको इंग्ल्यान्डसँग २०२३ को विश्व कप फाइनलमा जस्तै युरोको उपाधिका खेल्नेछ। त्यति बेला स्पेनले ओल्गा कार्मोनाको पहिलो हाफको गोलमार्फत १-० ले जितेको थियो।

बुधवार दुवै टोलीले निर्धारित समयमा गोल गर्न सकेनन्। स्पेनले गोलपोस्ट र बर्गरको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न नसकेको हो । जर्मनीले पहिलो हाफमा क्लारा बुल र जियोभाना हफ्मानमार्फत अवसर गुमायो।

मध्या‌न्तरपछि स्पेनले बल नियन्त्रणमा राख्न सफल भए तापनि जर्मनीको रक्षापंक्ति अझै सशक्त देखियो। फ्रान्सविरुद्ध क्वार्टरफाइनलमा १० खेलाडीमा सीमित भएर १०० मिनेटभन्दा बढी खेलेको जर्मनी फेरि पनि सुदृढ रह्यो।

प्रशिक्षक क्रिस्टियन वुकको टोलीले ९० मिनेट सकिनुअघि नै निर्णायक गोल गर्ने निकै नजिक पुगेको थियो ‌ । तर सफल भएन।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.