default_image

5 months ago

July 24, 2025

रासफोर्ड बार्सिलोनामा आबद्ध

615 views

0 Bookmark

एजेन्सी – मार्कस रासफोर्ड सिजनभरको लोनमा ला लिगा क्लब बार्सिलोनामा पुगेपछि आफू घरमै जस्तो महसुस भइरहेको बताएका छन्।

२७ वर्षीय इङ्लिस फरवार्ड म्यानचेस्टर युनाइटेडबाट सुरुवाती रुपमा १२ महिनाको लोन सम्झौतामा बार्सिलोनाम पुगेका हुन्।

बार्सिलोनाले सन् २०२६ मा ३५ मिलियन युरोमा उनलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प पनि राखेको छ।
ग्यारी लिनेकरपछि बार्सिलोनाले अनुबन्ध गरेको उनी पहिलो इङ्लिस खेलाडी हुन्।

बार्सिलोनाले गत सिजन लिग र कपको दोहोरो उपाधि जितेको थियो। रासफोर्डले आफ्नो बाल्यकालदेखि खेलेको क्लब युनाइटेडका लागि गत डिसेम्बर यता खेल्न पाएका थिएनन्।

प्रशिक्षक रुबेन आमोरिमले उनलाई टोलीबाट हटाएपछि उनले २०२४–२५ को दोस्रो भाग एस्टन भिल्लामा लोनमा बिताएका थिए।

‘निकै उत्साहित छु। यो त्यस्तो क्लब हो जहाँ मान्छेका सपना पूरा हुन्छन्, यहाँ ठूला उपाधि जितिन्छन्,’ रासफोर्डले भने,’क्लबको दर्शन र मूल्य मेरो लागि धेरै अर्थ राख्छ। मलाई यहाँ घरजस्तो लागिरहेको छ। यहाँको पारिवारिक वातावरण र उत्कृष्ट खेलाडीले आफ्नो क्षमता देखाउन सक्ने ठाउँ हुनु नै यहाँ आउनुको मुख्य कारण हो।’

उनले अर्को कारण भनेको प्रशिक्षक हान्सी फ्लिकसँगको संवाद भएको बताए । उनले थपे ‘ उनले गत सिजन जुन सफलता पाए, त्यो शानदार थियो। त्यति युवा टोलीसँग यति सफल सिजन बिताएर अझ राम्रो गर्न चाहने उनीप्रति म प्रभावित छु। यसले मलाई क्लबप्रति लागेको विश्वास पुष्टि गर्‍यो। अब म ‘बार्सिलोना वे’ सिक्न आतुर छु।’

बार्सिलोनामा बस्दासम्म रासफोर्डको सम्पूर्ण तलब क्लबले नै बेहोर्नेछ। उनले तलब घटाउन सहमति जनाएका छन्। युनाइटेडले उनको तलब सूचीबाट नाम हटाउँदा आगामी १२ महिनामा १४ देखि १५ मिलियन पाउन्ड जोगाउने अपेक्षा गरिएको छ।

इङ्ल्यान्डका यो अन्तर्राष्ट्रिय खेलाडीले मंगलवार नयाँ टोलीसाथ पहिलोपटक अभ्यास गरे र बिहीवार जापान जान लागिएको एसिया प्रि-सिजन टुरका लागि टोलीमा सामेल हुने अपेक्षा गरिएको छ।

यो सँगै रासफोर्डले आफ्नो करियरमा पहिलोपटक प्रिमियर लिग छाडेका छन्। उनले २०१६ मा युनाइटेडबाट डेब्यु गरेयता ४ सय २६ खेलमा १ सय ३८ गोल गरेका छन्। क्लबका लागि ५ वटा प्रमुख उपाधि जितेका छन्।

युनाइटेडको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी १५औं स्थानमा छन्। उनी युनाइटेडको एकेडेमीका उत्पादन हुन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.