5 months ago
July 24, 2025
एजेन्सी – मार्कस रासफोर्ड सिजनभरको लोनमा ला लिगा क्लब बार्सिलोनामा पुगेपछि आफू घरमै जस्तो महसुस भइरहेको बताएका छन्।
२७ वर्षीय इङ्लिस फरवार्ड म्यानचेस्टर युनाइटेडबाट सुरुवाती रुपमा १२ महिनाको लोन सम्झौतामा बार्सिलोनाम पुगेका हुन्।
बार्सिलोनाले सन् २०२६ मा ३५ मिलियन युरोमा उनलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प पनि राखेको छ।
ग्यारी लिनेकरपछि बार्सिलोनाले अनुबन्ध गरेको उनी पहिलो इङ्लिस खेलाडी हुन्।
बार्सिलोनाले गत सिजन लिग र कपको दोहोरो उपाधि जितेको थियो। रासफोर्डले आफ्नो बाल्यकालदेखि खेलेको क्लब युनाइटेडका लागि गत डिसेम्बर यता खेल्न पाएका थिएनन्।
प्रशिक्षक रुबेन आमोरिमले उनलाई टोलीबाट हटाएपछि उनले २०२४–२५ को दोस्रो भाग एस्टन भिल्लामा लोनमा बिताएका थिए।
‘निकै उत्साहित छु। यो त्यस्तो क्लब हो जहाँ मान्छेका सपना पूरा हुन्छन्, यहाँ ठूला उपाधि जितिन्छन्,’ रासफोर्डले भने,’क्लबको दर्शन र मूल्य मेरो लागि धेरै अर्थ राख्छ। मलाई यहाँ घरजस्तो लागिरहेको छ। यहाँको पारिवारिक वातावरण र उत्कृष्ट खेलाडीले आफ्नो क्षमता देखाउन सक्ने ठाउँ हुनु नै यहाँ आउनुको मुख्य कारण हो।’

उनले अर्को कारण भनेको प्रशिक्षक हान्सी फ्लिकसँगको संवाद भएको बताए । उनले थपे ‘ उनले गत सिजन जुन सफलता पाए, त्यो शानदार थियो। त्यति युवा टोलीसँग यति सफल सिजन बिताएर अझ राम्रो गर्न चाहने उनीप्रति म प्रभावित छु। यसले मलाई क्लबप्रति लागेको विश्वास पुष्टि गर्यो। अब म ‘बार्सिलोना वे’ सिक्न आतुर छु।’
बार्सिलोनामा बस्दासम्म रासफोर्डको सम्पूर्ण तलब क्लबले नै बेहोर्नेछ। उनले तलब घटाउन सहमति जनाएका छन्। युनाइटेडले उनको तलब सूचीबाट नाम हटाउँदा आगामी १२ महिनामा १४ देखि १५ मिलियन पाउन्ड जोगाउने अपेक्षा गरिएको छ।
इङ्ल्यान्डका यो अन्तर्राष्ट्रिय खेलाडीले मंगलवार नयाँ टोलीसाथ पहिलोपटक अभ्यास गरे र बिहीवार जापान जान लागिएको एसिया प्रि-सिजन टुरका लागि टोलीमा सामेल हुने अपेक्षा गरिएको छ।
यो सँगै रासफोर्डले आफ्नो करियरमा पहिलोपटक प्रिमियर लिग छाडेका छन्। उनले २०१६ मा युनाइटेडबाट डेब्यु गरेयता ४ सय २६ खेलमा १ सय ३८ गोल गरेका छन्। क्लबका लागि ५ वटा प्रमुख उपाधि जितेका छन्।
युनाइटेडको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा उनी १५औं स्थानमा छन्। उनी युनाइटेडको एकेडेमीका उत्पादन हुन् ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]