default_image

5 months ago

July 24, 2025

संकटाले शीर्षमा पुग्ने अवसर गुमायो

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लबले एन्फा यु१६ युथ लिगको शीर्ष स्थान उक्लने अवसर गुमाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिवारको दोस्रो खेलमा मछिन्द्र क्लबसँग २-१ ले पराजित हुदै संकटाले शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको हो ।

हारपछि संकटाको ८ खेलबाट १८ अंक छ । समान खेलबाट विजेता मछिन्द्रको १७ अंक भएको छ । पुलिस १९ अंकका साथ शीर्ष स्थानमा छ ।

आजै भएको दिनको अन्तिम खेलमा जावलाखेल युथ क्लबले प्लानिङ ब्वाइजलाई ६-३ ले हराएको छ ।

जावलखेलको जितमा पुजन सुनारले ४ तथा सुजन तामाङ र विशाल शाहीले समान १ गोल गरे । प्लानिङ ब्वाइजका लागि सुमित खड्का, अनुराग बोम्जन र अर्जुन मगरातीले समान १ गोल गरे ।

जावलाखेलका लागि पुजनले आठौं, ४४औं, ५९औं र ६२औं मिनेटमा गोल गरे । विशालले ७३औं र सुजनले ८४औं मिनेटमा गोल गरे । प्लानिङका सुमितले ७८औं, अनुरागले ८५औं र अर्जुनले ९०औं मिनेटमा गोल गरे ।

जितसँगै जावलाखेलको ८ खेलमा १० अंक भएको छ । समान खेलबाट प्लानिङको ६ अंक रहेको छ । आजै भएको पहिलो खेलमा एपिएफले एनआरटीलाई पराजित गरेको थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.