default_image

5 months ago

July 24, 2025

आर्मी जमशेदपुरसँग पराजित

3611 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी रहेको डुरान्ड कपको पहिलो खेलमा जमशेदपुर एफसीसँग हार बेहोरेको छ ।

जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा भएको समूह सि को पहिलो जमशेदपुर फुटबल क्लबले आर्मीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

जमशेदपुरको जितमा सार्थक, मनविर र निखिलले समान १ गोल गरे । आर्मीका लागि कप्तान जर्जप्रिन्स कार्की र अनन्त तामाङले गोल गरे ।

खेलको चौथो मिनेटमा नै सार्थकको गोलमा घरेलु टोलीले अग्रता लियो । तर, २६औं मिनेटमा गोल गर्दै आर्मीका कप्तान जर्जप्रिन्सले खेलमा बराबरी गरे । ३१औं मिनेटमा गोल थप्दै मनविरले जमशेदपुरलाई अग्रता दिलाए ।

६४औं मिनेटमा अनन्तले गोल गर्दै आर्मीलाई फेरि बराबरीमा पुर्याए । ७१औं मिनेटमा जमशेदपुरका निखिलले गोल गर्दै टोलीलाई जित दिलाए ।

मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले दोस्रो खेल साउन १७ गते शनिवार लडखा फुटबल क्लबसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल साउन २० गते इण्डियन आर्मी फुटबल टिमसँग खेल्नेछ ।

२४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस २ र सोनी लिभले गरिरहेको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.