5 months ago
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगमा विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई ३-१ ले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आर्मीको जितमा निरज अधिकारी, युगल भण्डारी र शोहित बाइबाले गोल गरे । मुक्सन राईले सातदोबाटोका लागि गोल गरे ।
खेलमा अग्रता भने सातदोबाटोले लिएको थियो । खेलको नवौं मिनेटमा मुक्सनले सातदोबाटोका लागि गोल गरे । निरजलेले २३औं बराबरी गोल गरे। युगलले ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। शोहितले ५२औं मिनेटमा गोल गरे ।
विजयी आर्मीको ८ खेलबाट ६ अंक बनाए । समान खेलबाट सातदोबाटो अंकबिहिन रहेको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]