5 months ago
July 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिग मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबारको दोस्रो खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई ४-२ ले पराजित गर्यो ।
मनाङको जितमा प्रकाश सिंहले २ तथा रोहन थापा मगर र सन्देश तामाङले समान १ गोल गरे । हिमालयन शेर्पाका जेनिल सुब्बा र सन्गि शेर्पाले गोल गरे ।
मनाङका लागि रोहनले २२औं तथा प्रकाशले २६औं र २८औं मिनेटमा गोल गरे । मनाङका लागि अन्तिम गोल सन्देशले ८१औं मिनेटमा गरे ।
हिमालयनका जेनिलले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी मार्फत गोल गरे । सन्गिले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।
मनाङको ८ खेलबाट १७ अंक भएको छ । समान खेलमा हिमालयनको ११ अंक छ । आजको पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको थियो ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]