default_image

5 months ago

July 25, 2025

पुलिस शीर्षस्थानमा अग्रता बढाउँदै

480 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगको अंक तालिकामा विभागीय टोली नेपाल पुलिस क्लबले अग्रता बढाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा श्री भगवती क्लबलाई ३-० ले हराउँदै पुलिसले शीर्ष स्थानको अग्रता ४ अंक बनाएको हो । जितपछि पुलिसको २२ अंक पुगेको छ। दोस्रो स्थानको संकटा क्लबको १९ अंक छ ।

पुलिसको जितमा दिपशन पाण्डेले २ तथा समिर कुमारले १ गोल गरे । दिपशनले १७औं र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । समिरले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे ।

श्री भगवतीको ८ खेलबाट ६ अंक छ । आज पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको थियो।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.