default_image

4 months ago

July 25, 2025

पुलिस शीर्षस्थानमा अग्रता बढाउँदै

479 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु१६ युथ लिगको अंक तालिकामा विभागीय टोली नेपाल पुलिस क्लबले अग्रता बढाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवारको तेस्रो खेलमा श्री भगवती क्लबलाई ३-० ले हराउँदै पुलिसले शीर्ष स्थानको अग्रता ४ अंक बनाएको हो । जितपछि पुलिसको २२ अंक पुगेको छ। दोस्रो स्थानको संकटा क्लबको १९ अंक छ ।

पुलिसको जितमा दिपशन पाण्डेले २ तथा समिर कुमारले १ गोल गरे । दिपशनले १७औं र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे । समिरले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे ।

श्री भगवतीको ८ खेलबाट ६ अंक छ । आज पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको थियो।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.