5 months ago
July 27, 2025
एजेन्सी – इन्टर मियामी निलम्बित कप्तान लिओनल मेस्सीविना आइतबार बिहान एफसी सिनसिनाटीसँग गोलरहित बराबरी रोकिएको छ ।
अल–स्टार खेलमा अनुपस्थित भएपछि मेजर लिग सकर (एमएलएस) मा मेस्सी र जोर्डी अल्बालाई एक खेलको निलम्बन गरिएको थियो ।
इन्टर मियामीका सह–मालिक जोर्गे मासले शुक्रवार यो निर्णयलाई ‘अत्यन्त कठोर’ भन्दै आलोचना गरेका थिए । उनका अनुसार मेस्सी यो निलम्बनबाट निकै दुखी छन् ।
खेलमा दुवै टोलीले आक्रमक खेले पनि गोल निकाल्न सकेनन् । मियामीका अनुभवी स्ट्राइकर लुइस सुआरेजले खेलको सुरुवातमै केही राम्रा अवसर सिर्जना गरेका थिए।
सिनसिनाटी ४९ अंकसहित तालिकाको तालिकामा दोस्रो स्थानमा छ । मियामी ४२ अंकसहित पाँचौं स्थानमा छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]