default_image

4 months ago

July 27, 2025

मेस्सीविनाको खेलमा मियामीको बराबरी

835 views

0 Bookmark

एजेन्सी – इन्टर मियामी निलम्बित कप्तान लिओनल मेस्सीविना आइतबार बिहान एफसी सिनसिनाटीसँग गोलरहित बराबरी रोकिएको छ ।

अल–स्टार खेलमा अनुपस्थित भएपछि मेजर लिग सकर (एमएलएस) मा मेस्सी र जोर्डी अल्बालाई एक खेलको निलम्बन गरिएको थियो ।

इन्टर मियामीका सह–मालिक जोर्गे मासले शुक्रवार यो निर्णयलाई ‘अत्यन्त कठोर’ भन्दै आलोचना गरेका थिए । उनका अनुसार मेस्सी यो निलम्बनबाट निकै दुखी छन् ।

खेलमा दुवै टोलीले आक्रमक खेले पनि गोल निकाल्न सकेनन् । मियामीका अनुभवी स्ट्राइकर लुइस सुआरेजले खेलको सुरुवातमै केही राम्रा अवसर सिर्जना गरेका थिए।

सिनसिनाटी ४९ अंकसहित तालिकाको तालिकामा दोस्रो स्थानमा छ । मियामी ४२ अंकसहित पाँचौं स्थानमा छ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.