4 months ago
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा शीर्ष स्थानको नेपाल पुलिस क्लबले अर्को जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार आफ्नो दसौँ खेलमा आठौं जित निकाल्ने क्रममा पुलिसले संकटा क्लबलाई ४-१ ले पराजित गर्यो ।
पुलिसको जितमा समिर कुमारले २ तथा रिजन राज गौतम र मेस्सी विर विक्रम शाहले समान १ गोल गरे । संकटाका लागि पेम्बा तामाङले सान्त्वना गोल गरे ।
१३औं मिनेटमा रिजनले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए। समिरले १७औं मिनेटमा गोल गर्दै पुलिसको अग्रता दोब्बरको बनाए । ५२औं मिनेटमा पेम्बाले गोल गर्दै संकटालाई खेलमा फर्काउने कोसिस गरे ।
८५औं मिनेटमा मेस्सीले पुलिसका लागि अर्को गोल थपे । इन्ज्युरी समयमा समिरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ४-१ को जित दिलाए ।
पुलिस १० खेलबाट २५ अंक भएको छ । समान खेल खेलेको संकटा १९ अंकका साथ चौथो स्थानमा छ।

आजै पहिलो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई श्री भगवती क्लबले २-२ को बराबरीमा रोकेको छ ।
एपिएफका लागि ४०औं मिनेटमा आयुष सरकार तथा ८४औं मिनेटमा पुजन ढकालले गोल गरे । श्री भगवतीका लागि ८९औं मिनेटमा सबिर श्रेष्ठ र इन्ज्युरी समयमा अनिल परियारले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा टुंगाए ।
१० खेलमा एपिएफको १६ अंक र श्री भगवतीको १० अंक छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]