default_image

3 months ago

July 30, 2025

एम्बाप्पेले रियलको १० नम्बर जर्सी लगाउने

529 views

0 Bookmark

एजेन्सी – केलियन एम्बाप्पेले नयाँ सिजनमा रियल मड्रिडको नम्बर १० जर्सी लगाउने भएका छन्। उनले रियलमा आफ्नो पहिलो सिजनमा ९ नम्बर जर्सी लगाएका थिए।

लुका मोड्रिच रियल छाडेपछि १० नम्बर जर्सी खाली थियो। सामान्यतया रियल मड्रिडले दीर्घकालीन खेलाडीलाई प्राथमिकता दिने नीतिको पालन गर्ने भए पनि, एमबाप्पेले आफ्नो स्टार छविका कारण यो नम्बर पाएका हुन्।

यो नम्बर एमबाप्पेका लागि व्यक्तिगत महत्व पनि राख्छ । उनी फ्रान्सको राष्ट्रिय टोलीका लागि यही नम्बर लगाउँछन्। उनले आफ्नो आत्मकथात्मक कमिक पुस्तकमा समेत एउटा बाल्यकालीन दृश्य समावेश गरेका छन्। जहाँ उनी नम्बर १० को रियल मड्रिडको जर्सी खोलिरहेका हुन्छन्।

भिनिसियस जुनियरले पहिले नै नम्बर ७ लगाइसकेका छन् । जुन नम्बर एमबाप्पेका आदर्श क्रिस्टियानो रोनाल्डोले लगाउने गर्थे । त्यसैले फ्रेन्च फरवार्डले अर्को सबैभन्दा प्रतिष्ठित नम्बर १० रोजेका हुन्।

रियलको इतिहासमा नम्बर १० जर्सीले ठूलो महत्त्व राखेको छ । यसअघि रियलमा लुइस फिगो, मेसुत ओजिल, क्लारेन्स सिडोर्फ र फेरेन्क पुस्कासजस्ता महान खेलाडीले यो नम्बर लगाइसकेका छन्।

स्पेनमा आफ्नो पहिलो सिजनमा एम्बाप्पेले ५९ खेलमा ४४ गोल गर्दै ५ असिस्ट गरेका थिए।‌ बार्सिलोनाले पनि नयाँ सिजनको लागि नम्बर १० जर्सी लमिन यामाललाई दिएको छ।

November 9, 2025

झापा महिला गोल्डकप- पुलिस र एपिएफ फाइनलका लागि तयार

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा फाइनल भोलि (सोमवार) दिउँसो २ः३० बजे सुरु हुनेछ । दुधे रंगशालामा आइतवार भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा […]

November 9, 2025

विजय स्पोर्ट्स र लालीगुराँसको पहिलो जित

रविन्द्र वाईबा ,हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्सले जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। लिग अन्तर्गत आइतवार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा बर्दियाको जनजागृती युवा क्लबलाई ४-० गोलले र विजय स्पोर्ट्सले धनकुटाको देउराली युथ क्लबलाई ४-१ गोलले हराउँदै दुवै टोलीले लिगमा पहिलो जित निकालेको हो। लालीगुराँसका लागि आशिष गुरुङले ह्याट्रिकक […]

November 9, 2025

गोल कसको ? पास दिने चन्द्राको नाममा गोल दिदा सबै आश्चर्यमा

दिपक बोहोरा, दुधे (झापा) एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबबीचको खेलमा एक गोलले रंगशालामा अनौठो दृश्य देखियो । खेल प्रतिस्पर्धात्मक थियो । तर ६४ औँ मिनेटमा आएको विवादास्पद गोलले मैदानदेखि दर्शकदीर्घासम्म कौतुहल बढायो । घटना यसरी भयो । आर्मीकी अनिता लम्जेलले दिपा राईलाई बल पास दिइन् । दिपाले […]

Success

Thank you for your time.