4 months ago
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा हुने एएफसी यु-२० महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली टोलीलाई बिदाइ गरे।
साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए केहि दिनमै नेपाली टोली यो छनोट खेल्न लागेको हो। साफमा नेपाल उप विजेता बनेको थियो। सो उत्साहजनक प्रदर्शनको तारिफ गर्दै विना दबाब उत्कृष्ट खेल प्रदर्शन गर्न सदस्य सचिव घिसिङले शुभकामना दिए।
एन्फा अध्यक्ष नेम्वाङले फुटबल टिम भावना अनुसार खेल्न आग्रह गरे। उनले टोली भित्र टिम भावनाको कमी भएको सुनेको भन्दै टिम प्रशिक्षक, म्यानेजर र कप्तानलाई टिमलाई एकजुट बनाउन निर्देशन दिए।
एन्फा महासचिव किरण राईले बंगलादेशमा देखाएको प्रदर्शनले नेपाली महिला टोलीको बेन्चको रुपमा खेलाडी तयार भएको जिकिर गरे।
थिम्पुमा आगामी अगस्ट ६ देखि १० सम्म हुने एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपालले समुह ‘ए’ मा आयोजक भुटानसँगै साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग खेल्नेछ।
प्रशिक्षक यामप्रसाद गुरुङले एएफसी यु-२० महिला एसियन कपमा छनोट हुने लक्ष्य सहित भुटान जाने बताए। उनले टोलीमा कुनै पनि इन्ज्युरी समस्या नभएको र उत्कृष्ट प्रदर्शन गर्ने बताए।
कप्तान बिर्सना चौधरीले डिफेन्समा कमजोर भएपनि मिड र फरवार्डमा नेपाल बलियो भएको बताइन्। उत्तर कोरियाको बारेमा जानकारी धेरै नभएपनि जित्नको लागि खेल्ने उनले बताइन्।
समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछ ।छनोटमा कुल ४ समूह छ। प्रत्येक समूहको विजेता र ४ समूहबाट उत्कृष्ट ३ उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।
नेपालले अगस्ट ६ मा पहिलो खेलमा भुटानसँग खेल्नेछ। बंगलादेशमा भऐको साफ यु-२० मा नेपालले भुटानलाई ६-१ र ८-० ले हराएको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]