4 months ago
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा हुने एएफसी यु-२० महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली टोलीलाई बिदाइ गरे।
साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए केहि दिनमै नेपाली टोली यो छनोट खेल्न लागेको हो। साफमा नेपाल उप विजेता बनेको थियो। सो उत्साहजनक प्रदर्शनको तारिफ गर्दै विना दबाब उत्कृष्ट खेल प्रदर्शन गर्न सदस्य सचिव घिसिङले शुभकामना दिए।
एन्फा अध्यक्ष नेम्वाङले फुटबल टिम भावना अनुसार खेल्न आग्रह गरे। उनले टोली भित्र टिम भावनाको कमी भएको सुनेको भन्दै टिम प्रशिक्षक, म्यानेजर र कप्तानलाई टिमलाई एकजुट बनाउन निर्देशन दिए।
एन्फा महासचिव किरण राईले बंगलादेशमा देखाएको प्रदर्शनले नेपाली महिला टोलीको बेन्चको रुपमा खेलाडी तयार भएको जिकिर गरे।
थिम्पुमा आगामी अगस्ट ६ देखि १० सम्म हुने एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपालले समुह ‘ए’ मा आयोजक भुटानसँगै साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग खेल्नेछ।
प्रशिक्षक यामप्रसाद गुरुङले एएफसी यु-२० महिला एसियन कपमा छनोट हुने लक्ष्य सहित भुटान जाने बताए। उनले टोलीमा कुनै पनि इन्ज्युरी समस्या नभएको र उत्कृष्ट प्रदर्शन गर्ने बताए।
कप्तान बिर्सना चौधरीले डिफेन्समा कमजोर भएपनि मिड र फरवार्डमा नेपाल बलियो भएको बताइन्। उत्तर कोरियाको बारेमा जानकारी धेरै नभएपनि जित्नको लागि खेल्ने उनले बताइन्।
समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछ ।छनोटमा कुल ४ समूह छ। प्रत्येक समूहको विजेता र ४ समूहबाट उत्कृष्ट ३ उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।
नेपालले अगस्ट ६ मा पहिलो खेलमा भुटानसँग खेल्नेछ। बंगलादेशमा भऐको साफ यु-२० मा नेपालले भुटानलाई ६-१ र ८-० ले हराएको थियो।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]