4 months ago
July 31, 2025
सुशील पन्त क्षेत्री,चितवन
भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
भरतपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन २३ गतेसम्म हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् ।
राष्ट्रिय युवा संघ अन्तर्गत चितवनका ७ पालिकाबाट नगर कमिटी टिम र एक जिल्ला कमिटीको टोली सहभागी हुने संयोजक सगार बोम्जनले जानकारी दिए ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह क मा राष्ट्रिय युवा संघ चितवन, कालिका नगर कमिटी, राप्ती नगर कमिटी र रत्ननगर नगर कमिटी रहेका छन् ।
यस्तै समूह ख मा भरतपुर महानगर कमिटी, इच्छाकामना गाउँ कमिटी, माडी र खैरहनी नगर कमिटी रहेका छन् । उद्घाटन खेलमा चितवन जिल्ला कमिटी र कालिका नगर कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे भरतपुर ७ कृष्णपुर मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा अन्य विभिन्न ४ बिधाले समान ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए ।
प्रतियोगितलाई रनिङ शिल्डको रुपमा आयोजना गर्ने योजना रहेको पनि उनले बताए ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]