4 months ago
July 31, 2025
सुशील पन्त क्षेत्री,चितवन
भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
भरतपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन २३ गतेसम्म हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् ।
राष्ट्रिय युवा संघ अन्तर्गत चितवनका ७ पालिकाबाट नगर कमिटी टिम र एक जिल्ला कमिटीको टोली सहभागी हुने संयोजक सगार बोम्जनले जानकारी दिए ।
सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह क मा राष्ट्रिय युवा संघ चितवन, कालिका नगर कमिटी, राप्ती नगर कमिटी र रत्ननगर नगर कमिटी रहेका छन् ।
यस्तै समूह ख मा भरतपुर महानगर कमिटी, इच्छाकामना गाउँ कमिटी, माडी र खैरहनी नगर कमिटी रहेका छन् । उद्घाटन खेलमा चितवन जिल्ला कमिटी र कालिका नगर कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे भरतपुर ७ कृष्णपुर मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा अन्य विभिन्न ४ बिधाले समान ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए ।
प्रतियोगितलाई रनिङ शिल्डको रुपमा आयोजना गर्ने योजना रहेको पनि उनले बताए ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]