3 months ago
July 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले फिफाको ‘फुटबल फर स्कुल्स’ कार्यक्रमको उद्घाटन गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज दशरथ रंगशालामा आयोजित कार्यक्रममा कोस्तुभ एकेडेमीका शिक्षक तथा विद्यार्थीलाई बल हस्तान्तरण गर्दै उनले कार्यक्रमको औपचारिक उद्घाटन गरे।
अन्तर्राष्ट्रिय अभियानको रुपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपाली फुटबलका लागि ठूलो अवसर भएको प्रधानमन्त्री ओलीले बताए। उनले यो कार्यक्रममार्फत हजारभन्दा बढी विद्यालयमा बल पुग्ने र अभ्यास सहज हुने उल्लेख गर्दै यसले भावी खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यमा भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्ने योजना रहेको दोहोर्याए। साथै ऐतिहासिक दशरथ रंगशालाको स्तरोन्नति र मर्मत आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

फिफा र युनेस्कोको सहकार्यमा सञ्चालन भएको यो कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा अघि बढाइएको एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिए।
एन्फाले ७७ वटै जिल्लाका १ हजार ७२ भन्दा बढी विद्यालयमा ३२ हजार ६४० बल वितरण गर्ने तयारी गरेको छ। यसबाट करिब ६ लाख युवालाई फुटबलको पहुँचमा ल्याउने लक्ष्य लिइएको छ।
४ देखि १४ वर्ष उमेर समूहलाई लक्षित गर्दै तयार पारिएको यो कार्यक्रम विश्वका थुप्रै देशमा सञ्चालन भइरहेको छ। नेपालमा भने यो पहिलोपटक लागू गरिएको हो।


November 7, 2025
दिपक बोहोरा / हिमाल खरेल , झापा नेपाल पुलिस क्लबले एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। संकटा एफसीलाई आज २-० गोलले पराजित पुलिस अन्तिम दुईमा पुगेको हो। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा खेलको सुरुवाती मिनेटदेखि नै दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा गोल रहित बराबरी रह्यो। २४औं मिनेटमा पुलिसले कर्नर […]


November 7, 2025
रविन्द्र वाईबा ,हेटौंडा देउराली युथ क्लब (धनकुटा) ले हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पहिलो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा जन जागृती युवा क्लब बर्दियालाई ३-१ गोलले हराउँदै लिगमा पहिलो जीत निकालेको हो। जागृतीका लागि शम्भु थारुले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेन । देउरालीका मिलन […]


November 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) का विरुद्ध गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एकबद्धता जनाएको छ। खेल्न पाउनुपर्छ भन्ने माग सहित फुटबल खेलाडी संघले एन्फा विरुद्ध बिहीवार धर्ना प्रदर्शन गरेको थियो। खेलाडी संघले शुक्रवार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘ फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए […]