4 months ago
July 31, 2025
दिपक बोहरा
पथरी ११ फुटबल क्लबले दोस्रो शनिश्चरे गोल्ड कप फुटबल प्रतियोगिता कात्तिक आयोजना गर्ने भएको छ।
क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति घोषणा गर्नुका साथै आयव्यय विवरण सार्वजनिक गरेको छ।
क्लबको शिखरचोकस्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष सुमन बिकले गत आर्थिक वर्षमा १७ लाख ८५ हजार ८ सय ४० रुपैयाँ आम्दानी भएको र १४ लाख ८१ हजार १ सय ५५ रुपैयाँ खर्च भएको जानकारी दिए।
प्रतियोगिता कात्तिक १५ गते देखि २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
गोल्ड कप सञ्चालनका लागि ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। नगरपालिकासँग १५ लाख सहयोगको अपेक्षा गरिएको क्लबले जनाएको छ ।
बाँकी रकम निजी क्षेत्र, विद्यालय, व्यापारी तथा शुभेच्छुकहरूको सहकार्यबाट जुटाउने तयारी भइरहेको बताइएको छ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदिप कुमार राई , क्लबका कोषाध्यक्ष अम्बिका लिम्बु, सचिव केशर राई, सुचना संयोजक सन्तोष राई उपस्थिति थिए।
November 15, 2025
एजेन्सी – क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए। ५७ औं […]
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]