default_image

4 months ago

July 31, 2025

झापा महिला गोल्डकप कात्तिकमा

528 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)- झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।
‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता बनाउनका लागि आयोजना हुन लागेको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताबारे सुनाउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ’, गोल्डकप अध्यक्ष सन्तोष थोप्राले भने ।

पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप यही कात्तिक १५ देखि २२ गतेसम्म नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई महिला फुटबलको हबको रुपमा विकसित गराउन आयोजक टिम लागिपरेको जनाइएको छ ।

झापा महिला गोल्डकपको विजेता टिमले नेपालकै सर्वाधिक राशि पुरस्कार पाउनेगरी आयोजक टिमले तयारी गरिरहेको छ ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ । त्यस्तै, नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुंगो लागिसकेको छ । एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

महिला खेलाडीलाई प्रोत्सहान गर्दै झापामा महिला खेलाडी उत्पदानमा टेवा पुर्याउने र ग्रासरुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने आयोजकको उद्देश्य रहेको छ । त्यसका लागि दुधे रंगशालाको निर्माण तथा स्तरोन्नति धमाधम भइरहेको छ ।

पक्की प्यारापिट निर्माण, अस्थायी प्यारापिट निर्माण, खेलमैदानको स्तरोन्नति असोजसम्म सक्नेगरी तीव्रस्तरमा काम भइरहेको संरक्षक रहेका शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्राले बताए ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रतियोगिताको संरक्षकमा नगरप्रमुख मेगाहाङ थोप्रासहित शिवसताक्षीका जनप्रतिनिधिहरु रहेका छन् ।

प्रतियोगिता सञ्चालनको लागि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङलाई सल्लाहकार संयोजक चयन गरिएको छ । खेल पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय निर्माण गरिएको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.