4 months ago
August 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा आजको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमाचर्च ब्वाइजको जितमा आर्यन नेगीले २ र सुशन थापा मगरले १ गोल गरे । आर्मीका सोहित बाइबाले सान्त्वना गोल फर्काए ।
नेगीले ३४औं तथा ४५औं मिनेटमा गोल गर्दा सुशनले इन्ज्युरी समयमा गोल गरे । आर्मीका सोहितले ५८औं मिनेटमा सान्त्वना गोल फर्काए ।
जितपछि चर्च ब्वाइजको १० खेलबाट १७ अंक भएको छ । समान खेलबाट आर्मीको ६ अंक छ ।

आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब गोल रहित बराबरीमा रोकिएका छन् ।
खेल अवधी भर दुवै टोली केही राम्रा प्रयास गरेका भए पनि गोल गर्न भने सकेनन् ।
बराबरीसँगै मनाङले शीर्ष स्थानको पुलिसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । मनाङको १० खेलबाट २१ अंक छ । समान खेलबाट एनआरटीको ९ अंक छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]