4 months ago
August 1, 2025
सुशील पन्त क्षेत्री, भरतपुर
भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आज सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित निकालेको छ ।
भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । कालिकाको जितमा विजय श्रेष्ठ र भिम गुरुङले गोल गरे । चितवन जिल्ला कमिटीका लागि बसन्त कुमालले गोल गरे ।
यो जितसँगै कालिका नगर कमिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शनिवार राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी र ईच्छाकामना गाउँ कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
२३ गतेसम्म चल्ने प्रतियोगितको विजेताले ट्रफीसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]