4 months ago
August 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-२० राष्ट्रिय फुटबल टोलीकी फरवार्ड पुर्णिमा राईले संकटा क्लबबाट खेल्ने भएकी छिन् ।
एन्फा महिला लिग छनोटमा राई संकटामा अनुबन्ध भएको क्लबले आइतवार जानकारी दिएको छ । क्लबका अनुसार टोलीमा यु-२० टोलीबाट पुर्णीमा सहित अन्य आधा दर्जन खेलाडी अनुबन्ध भएका छन् ।
आगामी साउन २७ बाट सुरु हुने महिला लिग छनोटमा १४ टोलीको सहभागीता रहनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । छनोट प्रतियोगिताका १४ टोली मध्ये ५ टोलीले महिला लिगमा स्थान पक्का गर्नेछन् ।
संकटा छनोट प्रतियोगिताको समूह ‘बी’ मा छ । समूह ‘बी’ मा संकटा सहित एनआरटी, बुटवल लुम्बिनी एफसी, पोखरा गल्र्स एफसी, झापा एफसी, लम्कि फुटबल एण्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब छन् ।
त्यस्तै समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड क्लब, छहारी फुटबल क्लब, राप्ती एफसी, आरएस रिसोर्ड एण्ड बीच एफसी र एफसी रियली छन् । संकटाले प्रतियोगिताको पहिलो खेलमा नेपाल खेलकुद क्लबको सामना गर्नेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]