default_image

4 months ago

August 3, 2025

सातदोबाटोको पोस्टमा जावलखेलको गोल वर्षा

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले एन्फा यु-१६ लिगमा सातदोबाटो युथ क्लबको पोस्टमा गोलको वर्षा गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले सातदोबाटोलाई ७-० गोल अन्तरले पराजित गर्यो ।

जावलाखेलको जितमा पुजन सुनारले २ तथा समिर लोप्चन, प्रिन्स भुजेल, विकाश शाही, सुमित बाइबा र बिबिधा राज राईले समान १ गोल गरे ।

जितपछि जावलाखेलको १० खेलमा १३ अंक भएको छ । समान खेलबाट अंकबिहीन सातदोबाटो तालिकाको पुछारमा छ ।

आजै भएको अर्को खेलमा श्री भगवती क्लबलाई संकटा क्लबले २-० ले पराजित गर्यो । संकटाको जितमा पेम्बा तामाङ र प्रज्वलकुमार लुर्मिले गोल गरे ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.