default_image

4 months ago

August 6, 2025

पहिलो हाफमा नेपाल र भुटान बराबरीमा

382 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपाल र भुटानबीच खेल जारी छ। पहिलो हाफको समाप्तिमा खेल १-१ गोलको बराबरीमा सकिएको छ।

आयोजक भुटानविरुद्ध नेपालले ३८ सेकेन्डमा नै गोल गर्यो। सेनु परियारले गोल गरिन्। तर यो अग्रता खेलको १८ औं मिनेटमा तोडियो।

भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्।‌ यो सँगै पहिलो हाफ १-१ को बराबरीमा टुङ्गियो। साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए लगतै नेपाली टोलीले यो छनोट खेलेको हो।

बंगलादेशमा भएको साफमा नेपाल उप विजेता बनेको थियो। एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपालले समुह ‘ए’ मा आयोजक भुटानसँगै, साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग रहेको छ।

समुह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछ। छनोटमा कुल चार समुह रहेका छन्। प्रत्येक समुहको विजेता र चार समुहबाट उत्कृष्ट ३ उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।

साफ यु-२० मा भने नेपालले भुटानलाई ६-१ र ८-० ले हराएको थियो।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.