4 months ago
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपाल र भुटानबीच खेल जारी छ। पहिलो हाफको समाप्तिमा खेल १-१ गोलको बराबरीमा सकिएको छ।
आयोजक भुटानविरुद्ध नेपालले ३८ सेकेन्डमा नै गोल गर्यो। सेनु परियारले गोल गरिन्। तर यो अग्रता खेलको १८ औं मिनेटमा तोडियो।
भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्। यो सँगै पहिलो हाफ १-१ को बराबरीमा टुङ्गियो। साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए लगतै नेपाली टोलीले यो छनोट खेलेको हो।
बंगलादेशमा भएको साफमा नेपाल उप विजेता बनेको थियो। एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपालले समुह ‘ए’ मा आयोजक भुटानसँगै, साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग रहेको छ।
समुह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछ। छनोटमा कुल चार समुह रहेका छन्। प्रत्येक समुहको विजेता र चार समुहबाट उत्कृष्ट ३ उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।
साफ यु-२० मा भने नेपालले भुटानलाई ६-१ र ८-० ले हराएको थियो।
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]