default_image

4 months ago

August 6, 2025

नेपाल भुटानसँग बराबरीमा रोकियो

961 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बराबरीबाट एएफसी यु-२० महिला एसियन कप छनोटको‌ यात्रा सुरु गरेको छ ।

आयोजक भुटानविरुद्धसँग आज भएको खेलमा नेपाल १-१ गोलको बराबरीमा रोकिएको छ। नेपालले भुटान विरुद्ध ३८ सेकेन्डमा गोलको खाता खोलेको थियो । सेनु परियारले गोल गरिन्। तर नेपालले लामो समय अग्रता जोगाउन सकेन।

खेलको १८ औं मिनेटमा अग्रता तोडियो। भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्।‌ त्यसपछि खेलको ७० औं मिनेटमा नेपालले गोल गर्यो। तर असिस्टेन्ट रेफ्रीले अफ साईडको झण्डा उठाईदिएं। दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन।

नेपालले महत्वपूर्ण ३ अंक जोड्ने मौका गुमायो। नेपाल र भुटानले समान १-१ अंक जोडे। बंगलादेशमा यसै महिना साफ यु-२० च्याम्पियनसिपमा भने नेपालले भुटानलाई ६-१ र ८-० ले हराएको थियो।

छनोटमा नेपाल समूह ‘ए’ मा आयोजक भुटानसँगै, साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग रहेको छ।

समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछ। छनोटमा ४ समूह छन्। प्रत्येक समूहको विजेता र ४ समूहबाट उत्कृष्ट ३ उपविजेता पनि अन्तिम चरणका लागि छनोट हुनेछन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.