4 months ago
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बराबरीबाट एएफसी यु-२० महिला एसियन कप छनोटको यात्रा सुरु गरेको छ ।
आयोजक भुटानविरुद्धसँग आज भएको खेलमा नेपाल १-१ गोलको बराबरीमा रोकिएको छ। नेपालले भुटान विरुद्ध ३८ सेकेन्डमा गोलको खाता खोलेको थियो । सेनु परियारले गोल गरिन्। तर नेपालले लामो समय अग्रता जोगाउन सकेन।

खेलको १८ औं मिनेटमा अग्रता तोडियो। भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्। त्यसपछि खेलको ७० औं मिनेटमा नेपालले गोल गर्यो। तर असिस्टेन्ट रेफ्रीले अफ साईडको झण्डा उठाईदिएं। दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन।
नेपालले महत्वपूर्ण ३ अंक जोड्ने मौका गुमायो। नेपाल र भुटानले समान १-१ अंक जोडे। बंगलादेशमा यसै महिना साफ यु-२० च्याम्पियनसिपमा भने नेपालले भुटानलाई ६-१ र ८-० ले हराएको थियो।

छनोटमा नेपाल समूह ‘ए’ मा आयोजक भुटानसँगै, साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग रहेको छ।
समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछ। छनोटमा ४ समूह छन्। प्रत्येक समूहको विजेता र ४ समूहबाट उत्कृष्ट ३ उपविजेता पनि अन्तिम चरणका लागि छनोट हुनेछन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]