4 months ago
August 6, 2025
सुशील पन्त क्षेत्री, भरतपुर
राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको दोस्रो सेमिफाइनलमा माडी नगर कमिटीलाई ५-१ ले हराउँदै भरतपुर उपाधि नजिक पुगेको हो ।
कृष्णपुरको मैदानमा भरतपुरको जितमा समिर श्रेष्ठले ह्याट्रिक गरे । यस्तै सुदिप गुरुङले २ गोल गरे । माडीका लागि निशान महतोले एक मात्र गोल गरे ।
भरतपुरका समिरले पहिलो हाफको १९ औं, दोस्रो हाफको दोस्रो र २७ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरे ।
सुदिपले पहिलो हाफको १५ औं र दोस्रो हाफको २५ औं मिनेटमा गोल गरे । माडीका प्रतिकले दोस्रो हाफको पहिलो मिनेटमा गोल गरे । ह्याट्रिक गरेका भरतपुरका समिर प्लेयर अफ दि म्याच भए ।

भरतपुरले अब उपाधिका लागि कालिका नगर कमिटीको सामना गर्नेछ । कालिका यसअघि पहिलो सेमिफाइनलमा राप्तीलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । उपाधि भिडन्त शुक्रवार दिउँसो ३ बजे हुनेछ ।
राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]