default_image

4 months ago

August 7, 2025

‘एलएएफसी मेरो पहिलो रोजाइ थिएन’ -सन

1780 views

0 Bookmark

एजेन्सी – लस एन्जल्स (एलए) एफसी आफ्नो पहिलो रोजाइ नभएको तर क्लबका अध्यक्षसँगको कुराकानीपछि विचार परिवर्तन गरेको
सन ह्युंग मिनले बताएका छन्।

एलएएफसीले टोटनहमका पूर्व कप्तान सनका लागि २० मिलियन पाउन्डभन्दा बढी रकम तिरेको छ बताइएको छ । जुन मेजर लिग सकर (एमएलएस) को अहिलेसम्मकै सबैभन्दा ठूलो शुल्क हो। उनको दुई वर्षको सम्झौतामा थप दुई वर्षको विकल्प पनि छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा सनले १० वर्ष बिताएको टोटनहमछोड्ने घोषणा गरेका थिए। ३३ वर्षीय दक्षिण कोरियाली स्टार मंगलवार मेक्सिकोको टिग्रेस युएएनएलमाथि एलएएफसीको २-१ को लिग्स कप जितको समयमा उपस्थित थिए।

सनको ट्रान्सफर शुल्कले एटलान्टा युनाइटेडले यसै वर्ष फेब्रुअरीमा मिडल्सबरोबाट एम्यानुएल लाट्टे लाथलाई भित्र्याउँदा तिरेको १६.५ मिलियन पाउन्डको अघिल्लो रेकर्डलाई तोडेको छ।

सनले भने, ‘यो सपना पूरा भएको जस्तै हो। साच्चै भन्नुपर्दा, यो मेरो पहिलो रोजाइ थिएन। तर सिजन सकिएपछि मैले एलएएफसी सह अध्यक्ष जोन थोरेन्टनसँग गरेको पहिलो फोन कुराकानीले मेरो सोच, मन र मस्तिष्क परिवर्तन गरायो।’

सन अहिले वेस्टर्न कन्फेरेन्सको छैटौं स्थानमा रहेको एलएएफसीमा सामेल भएका छन् । जहाँ उनको टोटनहमका पूर्व सहकर्मी हुगो लोरिससँग पुनर्मिलन हुनेछ।

उनले आइतबार दक्षिण कोरियाको सोलमा न्यूक्यासलविरुद्धको १–१ को प्रि-सिजन मैत्रीपूर्ण खेलमा टोटनहमका लागि अन्तिम खेल खेले।
२०१५ मा बायर लेभरकुसेनबाट टोटनहम पुगेपछि टोलीका‌ लागि ४ सय ५४ खेलमा १ सय ७३ गोल गरेका थिए।

उनी कप्तान रहँदा टोटनहमले मेमा युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै १७ वर्षपछि पहिलो उपाधि जितेको थियो।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.