4 months ago
August 7, 2025
एजेन्सी – इन्टर मियामी लिग्स कपको अन्तिम आठमा पुगेको छ। पछाडि परेको अवस्थामा पनि उत्कृष्ट पुनरागमन गर्दै मियामी क्वाटरफाइनल पुगेको हो।
रोड्रिगो डे पाउलले इन्टर मियामीका लागि आफ्नो पहिलो गोल गरेका छन् । जसले मेक्सिकन पावरहाउस पुमासलाई ३-१ ले हराउँदै मियामीले लिग्स कपको अघिल्लो चरण यात्रा तय गरेको छ।
लुइस सुआरेजले आक्रमणतर्फको जिम्मेवारी सम्हाल्ने क्रममा टोलीकस तीनै गोलमा भूमिका खेले। हाभिएर म्यास्चेरानोको टोलीले प्रतियोगिताको शीर्ष दाबेदार मध्ये एक मानिएको पुमासलाई सजिलै पराजित हरायो ।
लिओनेल मेस्सीको अनुपस्थितिमा मियामी खेलको सुरुवातमा लयमा आउन संघर्ष गरिरहेका थियो । पुमासले ३४औं मिनेटमा जोर्जे रुबलकाबाको कुशल काउन्टर अट्याक गोलबाट अग्रता लियो ।

चोटपछिको पुनरागमनमा लयमा फर्किरहेका यानिक ब्राइटले बराबरीका लागि भूमिका निभाए। उनको लामो पासमार्फत सुआरेजलाई भेट्टाए । उनको पासमा डे पाउलले ४४ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीलाई बराबरीमा ल्याए।
मियामीले त्यसपछि सुआरेजको फ्रि-किकमार्फत दोस्रो गोल गरेको थियो । तर उनले गोल गर्दा अफसाइडमा रहेकाले भिएएआरले त्यसलाई मान्यता दिएन।
तर ५९ औं मिनेटपछि फेरि अवसर मिल्यो। टेलास्को सेगोभियाको बक्सभित्रको अनियन्त्रित टच पुमासको डिफेन्डरको हातमा लाग्यो। रेफ्रीले पेनाल्टी दिए र सुआरेजले गोल गरे। ७०औं मिनेटमा सुआरेजले दिएको पासमा टाडेओ अल्लेन्डेले सजिलै गोल गरे।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]