default_image

4 months ago

August 7, 2025

मेस्सी विनाको मियामी लिग्स कपको क्वाटरफाइनलमा

558 views

0 Bookmark

एजेन्सी – इन्टर मियामी लिग्स कपको अन्तिम आठमा पुगेको छ। पछाडि परेको अवस्थामा पनि उत्कृष्ट पुनरागमन गर्दै मियामी क्वाटरफाइनल पुगेको हो।

रोड्रिगो डे पाउलले इन्टर मियामीका लागि आफ्नो पहिलो गोल गरेका छन् । जसले मेक्सिकन पावरहाउस पुमासलाई ३-१ ले हराउँदै मियामीले लिग्स कपको अघिल्लो चरण यात्रा तय गरेको छ।

लुइस सुआरेजले आक्रमणतर्फको जिम्मेवारी सम्हाल्ने क्रममा टोलीकस तीनै गोलमा भूमिका खेले। हाभिएर म्यास्चेरानोको टोलीले प्रतियोगिताको शीर्ष दाबेदार मध्ये एक मानिएको पुमासलाई सजिलै पराजित हरायो ।

लिओनेल मेस्सीको अनुपस्थितिमा मियामी खेलको सुरुवातमा लयमा आउन संघर्ष गरिरहेका थियो । पुमासले ३४औं मिनेटमा जोर्जे रुबलकाबाको कुशल काउन्टर अट्याक गोलबाट अग्रता लियो ।

चोटपछिको पुनरागमनमा लयमा फर्किरहेका यानिक ब्राइटले बराबरीका‌ लागि भूमिका निभाए। उनको लामो पासमार्फत सुआरेजलाई भेट्टाए । उनको पासमा डे पाउलले ४४ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीलाई बराबरीमा ल्याए।

मियामीले त्यसपछि सुआरेजको फ्रि-किकमार्फत दोस्रो गोल गरेको थियो । तर उनले गोल गर्दा अफसाइडमा रहेकाले भिएएआरले त्यसलाई मान्यता दिएन।

तर ५९ औं मिनेटपछि फेरि अवसर मिल्यो। टेलास्को सेगोभियाको बक्सभित्रको अनियन्त्रित टच पुमासको डिफेन्डरको हातमा लाग्यो। रेफ्रीले पेनाल्टी दिए र सुआरेजले गोल गरे। ७०औं मिनेटमा सुआरेजले दिएको पासमा टाडेओ अल्लेन्डेले सजिलै गोल गरे।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.