4 months ago
August 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) ले दोस्रो संस्करणको लागि टिक टकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रुपमा घोषणा गरेको छ।
इडब्लुभिएल भदौ २० देखि २८ गतेसम्म पोखरा हुनेछ।
टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले इडब्लुभिएलसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित रहेको बताएका छन् ।
‘हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रुपमा मनाउन, महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने अवसरको रुपमा हेरीरहेका छौं,’ नविदले भने,’ इडब्लुभिएल एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं।’
इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईंले भनिन्, ‘यो एक गेम चेन्जर साझेदारी हो। टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ। हामी नेपाली महिला खेलको कथा यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन।’
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]