1 hour ago
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ।
त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा क्लबबाहेक सबै आइतवार साँझ ५ बजे सम्म दर्ता भएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
हिमालयन शेर्पा एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाको टोली हो । मनाङका अध्यक्ष विजय घले एन्फाका सहायक महासचिव हुन् ।
एन्फा कार्यसमितिको मंसिर १५ गते बसेको आपतकालीन बैठकले राष्ट्रिय लिगका लागि छनोट भएका बाहेक इच्छुक ए डिभिजन क्लब खेल्न सक्ने निर्णय गरेको थियो।
त्यसअघि ए डिभिजन क्लबका शीर्ष ६ तथा प्रेसिडेन्ट कपबाट छनोट भएका ४ गरि १० टोलीले खेल्ने पाउने निर्णय थियो।
नेपाल फुटबल खेलाडी संघले ए डिभिजन लिगसहित सबै लिगको सुनिश्चितताको लागि आन्दोलन सुरु गरेपछि एन्फाले नयाँ निर्णय गरेको थियो।
जसअनुसार राष्ट्रिय लिग इच्छुक क्लबलाई थप्ने र राष्ट्रिय लिग सकिएको १ महिनापछि ए डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो।
पछिल्लो पटक ए डिभिजन लिग सकिएको ९ सय ११ दिन बितिसकेको छ।
राष्ट्रिय लिगका लागि दर्ता भएका क्लब
पछिल्लो ए डिभिजन लिगको शीर्ष ६ टोली
१) चर्च ब्वाइज युनाइटेड
२) मच्छिन्द्र क्लब
३) नेपाल पुलिस क्लब
४) जावलाखेल युथ क्लब
५) सातदोबाटो युथ
६) एनआरटी
राष्ट्रिय लिगबाट छनोट क्लब
१) लालीगुराँस युवा क्लब (कास्की)
२) चित्लाङ यु क्लब (काठमाडौं)
३) नव जनजागृति क्लब (बारा)
४) काक्रेविहार स्पोर्टस क्लब (सुर्खेत)
पछिल्लो पटक ए डिभिजन लिग खेलेका टोली
१) त्रिभुवन आर्मी आर्मी क्लब
२) संकटा क्लब
३) फ्रेन्डस क्लब
४) एपिएफ क्लब
पछिल्लो पटक ए डिभिजन बढुवा भएको क्लब
१) प्लानिङ ब्वाइज युनाइटेड
२) श्री भगवती क्लब
राष्ट्रिय लिगका लागि दर्ता नभएका ए डिभिजन क्लब
१) मनाङ मर्स्याङ्दी क्लब
२) हिमाल शर्पा क्लब
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]