default_image

4 months ago

August 8, 2025

टोटेनहमविरुद्ध केनको गोल

345 views

0 Bookmark

एजेन्सी – हेरी केनले पूर्व क्लब टोटनहम हट्स्परविरुद्ध गोल गरेको प्रि सिजन मैत्रीपूर्ण खेलमा बायर्न म्युनिख ४-० ले विजयी भएको छ।

पेनाल्टी मिस गर्दै बायर्न म्युनिखलाई एलियान्ज एरिनामा बिहीवार खेलमा केनले पेनाल्टीमा अर्को गोल गर्ने मौका चुकाए।‌

इङ्ग्ल्यान्डका स्ट्राइकर केनले माइकल ओलीसको लामो पास नियन्त्रण गर्दै १२ औं मिनेटमा बायर्नको लागि पहिलो गोल गरे।

तर १५औँ मिनेटमा उनले पेनाल्टी किक हान्दा चिप्लिए र बल बारमाथि बाहिरियो । बायर्नले खेलमा पूर्ण नियन्त्रण राख्यो ।‌ दोस्रो हाफमा १९ मिनेटमा ३ गोल थप्यो।

कोनराड लाइमरले दिएको पासमा किङ्स्ले कोमानले ६१ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे।
दोस्रो हाफको मध्यतिर बायर्नले केनसहित केही खेलाडीको ठाउँमा युवा खेलाडी मैदान उतार्यो । त्यसमध्येका दुई खेलाडीले गोल गरे।

१७ वर्षका लेनार्ट कार्लले ७४ औं मिनेटमा १८ यार्डबाट पहिलो टचमै गोल गरे । १८ वर्षका जोना कुसि–आसारेले ८० औं मिनेटमा टोलीका लागि चौथो गोल गरे।

८६.४ मिलियन पाउण्डमा सन् २०२३ मा बायर्न पुगेपछि टोटनहमविरुद्ध केनको यो दोस्रो खेल हो । उनले गत वर्ष टोटनहमको मैदानमा मैत्रीपूर्ण खेल खेलेका थिए।

३२ वर्षीय केन टोटनहमका सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ४ सय ३५ खेलमा २ सय ८० गोल गरेका थिए।

लिभरपुलबाट बायर्नमा पुगेका समर लुइस डियाज पनि खेलमा सुरुवात गरेका थिए। इटालीको उदिनमा बुधवार पेरिस सेन्ट जर्मेनविरुद्ध युइएफए सुपर कप खेल्दै बायर्नले २०२५-२६ सिजनको सुरुवात गर्नेछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.