default_image

4 months ago

August 8, 2025

टोटेनहमविरुद्ध केनको गोल

348 views

0 Bookmark

एजेन्सी – हेरी केनले पूर्व क्लब टोटनहम हट्स्परविरुद्ध गोल गरेको प्रि सिजन मैत्रीपूर्ण खेलमा बायर्न म्युनिख ४-० ले विजयी भएको छ।

पेनाल्टी मिस गर्दै बायर्न म्युनिखलाई एलियान्ज एरिनामा बिहीवार खेलमा केनले पेनाल्टीमा अर्को गोल गर्ने मौका चुकाए।‌

इङ्ग्ल्यान्डका स्ट्राइकर केनले माइकल ओलीसको लामो पास नियन्त्रण गर्दै १२ औं मिनेटमा बायर्नको लागि पहिलो गोल गरे।

तर १५औँ मिनेटमा उनले पेनाल्टी किक हान्दा चिप्लिए र बल बारमाथि बाहिरियो । बायर्नले खेलमा पूर्ण नियन्त्रण राख्यो ।‌ दोस्रो हाफमा १९ मिनेटमा ३ गोल थप्यो।

कोनराड लाइमरले दिएको पासमा किङ्स्ले कोमानले ६१ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे।
दोस्रो हाफको मध्यतिर बायर्नले केनसहित केही खेलाडीको ठाउँमा युवा खेलाडी मैदान उतार्यो । त्यसमध्येका दुई खेलाडीले गोल गरे।

१७ वर्षका लेनार्ट कार्लले ७४ औं मिनेटमा १८ यार्डबाट पहिलो टचमै गोल गरे । १८ वर्षका जोना कुसि–आसारेले ८० औं मिनेटमा टोलीका लागि चौथो गोल गरे।

८६.४ मिलियन पाउण्डमा सन् २०२३ मा बायर्न पुगेपछि टोटनहमविरुद्ध केनको यो दोस्रो खेल हो । उनले गत वर्ष टोटनहमको मैदानमा मैत्रीपूर्ण खेल खेलेका थिए।

३२ वर्षीय केन टोटनहमका सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ४ सय ३५ खेलमा २ सय ८० गोल गरेका थिए।

लिभरपुलबाट बायर्नमा पुगेका समर लुइस डियाज पनि खेलमा सुरुवात गरेका थिए। इटालीको उदिनमा बुधवार पेरिस सेन्ट जर्मेनविरुद्ध युइएफए सुपर कप खेल्दै बायर्नले २०२५-२६ सिजनको सुरुवात गर्नेछ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.