default_image

4 months ago

August 8, 2025

बालोन डी’ओरको मनोनयन सार्वजनिक

2223 views

0 Bookmark

एजेन्सी – बालोन ड’ओरको मनोनयनको सार्वजनिक भएको छ। सप्टेम्बरमा हुने समारोहअघि २०२५ का पुरुष तथा महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो।

च्याम्पियन्स लिग विजेता पुरुषतर्फ पेरिस सेन्ट–जर्मेन (पिएसजी) र महिलातर्फ आर्सेनलका खेलाडी मनोनयन सूचीको शीर्षमा छन्। दुवैतर्फ बार्सिलोनाका स्टार खेलाडी पनि ठुलो संख्यामा छ । जसमा लामिन यामाल, अलेक्सिया पुटेल्यास, पेड्री, ऐताना बोनमतीलगायतको नाम छ।

गत वर्षका विजेता म्यानचेस्टर सिटीका स्टार रोड्री यसपटक सूचीमा छैनन्। सेप्टेम्बरमा भएको एसिएल चोटका कारण लामो समय मैदान बाहिर रहँदा उनी मनोनयनबाट बाहिरिएका हुन्। यसपटक नयाँ पुरुष विजेता घोषणा हुनेछ।

किलियन एमबाप्पे आठौं पटक बालोन ड’ओर मनोनयन परेका छन् । २६ वर्षकै उमेरमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको रेकर्डसँग बराबरी हो।

डेम्बेले, यामाल, राफिन्हा र मोहम्मद सालाह यसपटकको मुख्य दाबेदार मानिएका छन्। तर, इन्टर मिलानलाई ५-० ले हराउँदै म्युनिखमा पहिलोपटक च्याम्पियन्स लिग जितेको कारण पिएसजीका डेम्बेले अग्रपङ्क्तिमा छन्। पिएसजीले लिग १ र घरेलु कप पनि प्रभावशाली ढंगले जितेको थियो।

यामाल र राफिन्हाले हान्सी फ्लिकको पहिलो सिजनमै बार्सिलोनालाई घरेलु ३ उपाधि जिताएका थिए। तर, युरोपेली प्रतियोगितामा असफलता हुँदा उनीहरूको सम्भावना पिएसजीका स्टारभन्दा केही कम मानिएको छ।

सालाह अरने स्लोटको पहिलो सिजनमै लिभरपुललाई प्रिमियर लिग जिताउन महत्त्वपूर्ण रहे पनि च्याम्पियन्स लिग, एफए कप र काराबाओ कपमा असफलताले उनको सम्भावनामा असर परेको छ।

यसपटक म्यानचेस्टर सिटीका रोड्री, रोनाल्डो र मेस्सी मनोनयनमा नपरेको कारण १८ वर्षको निरन्तरता टुट्नेछ।

महिला च्याम्पियन्स लिगमा आर्सेनलले प्रशिक्षक रेने स्लेगर्सको नेतृत्वमा लिस्बोन, पोर्चुगलमा बार्सिलोनालाई हराउँदै दोस्रो पटक उपाधि जित्यो। युरोपेली सफलता पाएका क्लबका खेलाडीमध्ये क्लोइ केली, अलेसिया रूसो र लिया विलियमसनले इंग्ल्यान्डसँग महिला युरोको उपाधि पनि जिते।

युरोप र अमेरिकाका अन्य चर्चित खेलाडीमा बार्ब्रा बान्डा, टेम्वा चाविङ्गा, पर्निल हार्डर, मरियोना काल्देन्टेई र स्यान्डी बाल्टिमोर पनि मनोनयन परेका छन्।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.