default_image

4 months ago

August 8, 2025

बालोन डी’ओरको मनोनयन सार्वजनिक

2225 views

0 Bookmark

एजेन्सी – बालोन ड’ओरको मनोनयनको सार्वजनिक भएको छ। सप्टेम्बरमा हुने समारोहअघि २०२५ का पुरुष तथा महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो।

च्याम्पियन्स लिग विजेता पुरुषतर्फ पेरिस सेन्ट–जर्मेन (पिएसजी) र महिलातर्फ आर्सेनलका खेलाडी मनोनयन सूचीको शीर्षमा छन्। दुवैतर्फ बार्सिलोनाका स्टार खेलाडी पनि ठुलो संख्यामा छ । जसमा लामिन यामाल, अलेक्सिया पुटेल्यास, पेड्री, ऐताना बोनमतीलगायतको नाम छ।

गत वर्षका विजेता म्यानचेस्टर सिटीका स्टार रोड्री यसपटक सूचीमा छैनन्। सेप्टेम्बरमा भएको एसिएल चोटका कारण लामो समय मैदान बाहिर रहँदा उनी मनोनयनबाट बाहिरिएका हुन्। यसपटक नयाँ पुरुष विजेता घोषणा हुनेछ।

किलियन एमबाप्पे आठौं पटक बालोन ड’ओर मनोनयन परेका छन् । २६ वर्षकै उमेरमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको रेकर्डसँग बराबरी हो।

डेम्बेले, यामाल, राफिन्हा र मोहम्मद सालाह यसपटकको मुख्य दाबेदार मानिएका छन्। तर, इन्टर मिलानलाई ५-० ले हराउँदै म्युनिखमा पहिलोपटक च्याम्पियन्स लिग जितेको कारण पिएसजीका डेम्बेले अग्रपङ्क्तिमा छन्। पिएसजीले लिग १ र घरेलु कप पनि प्रभावशाली ढंगले जितेको थियो।

यामाल र राफिन्हाले हान्सी फ्लिकको पहिलो सिजनमै बार्सिलोनालाई घरेलु ३ उपाधि जिताएका थिए। तर, युरोपेली प्रतियोगितामा असफलता हुँदा उनीहरूको सम्भावना पिएसजीका स्टारभन्दा केही कम मानिएको छ।

सालाह अरने स्लोटको पहिलो सिजनमै लिभरपुललाई प्रिमियर लिग जिताउन महत्त्वपूर्ण रहे पनि च्याम्पियन्स लिग, एफए कप र काराबाओ कपमा असफलताले उनको सम्भावनामा असर परेको छ।

यसपटक म्यानचेस्टर सिटीका रोड्री, रोनाल्डो र मेस्सी मनोनयनमा नपरेको कारण १८ वर्षको निरन्तरता टुट्नेछ।

महिला च्याम्पियन्स लिगमा आर्सेनलले प्रशिक्षक रेने स्लेगर्सको नेतृत्वमा लिस्बोन, पोर्चुगलमा बार्सिलोनालाई हराउँदै दोस्रो पटक उपाधि जित्यो। युरोपेली सफलता पाएका क्लबका खेलाडीमध्ये क्लोइ केली, अलेसिया रूसो र लिया विलियमसनले इंग्ल्यान्डसँग महिला युरोको उपाधि पनि जिते।

युरोप र अमेरिकाका अन्य चर्चित खेलाडीमा बार्ब्रा बान्डा, टेम्वा चाविङ्गा, पर्निल हार्डर, मरियोना काल्देन्टेई र स्यान्डी बाल्टिमोर पनि मनोनयन परेका छन्।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.