4 months ago
August 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज साउदी अरेबिया विरूद्ध १-० को कठिन जित निकालेको छ। यो जितमा नेपालले ३ अंक जोड्यो।
भुटानको थिम्पुमा भएको खेलमा पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। तुलनात्मक रुपमा कमजोर मानिएको साउदी विरूद्ध नेपालले गोल गर्न संघर्ष गर्यो।
३७ औं मिनेटमा प्राप्त पेनाल्टीमा मिना देउवाको प्रहार पोष्टमा लाग्यो। नेपालले गोल गर्ने सुनौलो अवसर गुमायो। साउदीले पनि गोल गर्न केहि उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीतर्फ उन्मुख हुँदा ९० औं मिनेटमा नेपालले गोल गर्यो।
मिनाको पासमा शुक्रिया मियाको ट्यापइनले सही दिशा लियो। यो गोल नै निर्णायक गोल बन्दा नेपाल साउदीलाई १-० ले हरायो।
यसअघि नेपाल आयोजक भुटानसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। साउदी अरेबिया आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५ -० को फराकिलो नतिजामा पराजित भएको थियो।
भुटानसँग बराबरी खेलेपछि नेपालको समूह विजेता बन्ने होडमा धक्का लगिसकेको छ। अब नेपालले बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग आइतवार खेल्नेछ।
यस प्रतियोगिताबाट प्रत्येक समूहको विजेता एएफसी यू-२० महिला एसियन कपमा छनोट हुनेछन्। साथै ३ उत्कृष्ट उपविजेता टोली पनि छनोट हुनेछन्।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]