4 months ago
August 8, 2025
सुशील पन्त क्षेत्री,भरतपुर
भरतपुर महानगर कमिटीले राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आज भएको फाइनलमा कालिका नगर कमिटीलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै भरतपुर च्याम्पियन बनेको हो ।
कृष्णपुरको मैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । भरतपुरले कालिकालाई दबाबमा राखे पनि गोल सकेन । भरतपुरका गोलकिपर मनोज गुरुङ प्लेयर अफ दि म्याच भए ।
भरतपुरले ट्रफीसहित १ लाख र दोस्रो कालिकाले ५० हजारमा रुपैयाँ प्राप्त गर्यो । भरतपुरका गोलकिपर मनोज गुरुङ प्लेयर अफ दि सिरिज भए । उनले ६ हजार रुपैयाँ प्राप्त गरे।
यस्तै भरतपुरकै समिर श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, कालिकाका सौजन खड्का उत्कृष्ट डिफेन्डर र कालिकाकै अमन तामाङ उत्कृष्ट गोलरक्षक बने । उनीहरुले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।
राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीले आयोजना गरेको प्रतियोगितामा ८ टोली सहभागी थिए ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]