default_image

4 months ago

August 9, 2025

यामल र लेवान्डोस्कीलाई जरिवाना

1348 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई एन्टि–डोपिङ नियम उल्लङ्घनको गरेकोमा युइएफएले जनही ५ हजार युरो जरिवाना गरेको छ।

बार्सिलोनाको पछिल्लो युएफा च्याम्पियन्स लिग खेलपछि उनीहरुले एन्टि–डोपिङ नियम उल्लङ्घन गरेको बताइएको छ ।

यो जरिवाना इटालीमा भएको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलसँग सम्बन्धित जनाइएको छ । खेल अतिरिक्त समयमा ४- ३ ले बार्सिलोना पराजित भएको थियो।

युइएफएले दुवै खेलाडीलाई डोपिङ कन्ट्रोल अफिसरको निर्देशन पालना नगरेको र नियमअनुसार तुरुन्तै डोपिङ कन्ट्रोल स्टेशनमा उपस्थित नभएको आरोपमा जरिवाना गरेको हो।

बार्सिलोना प्रशिक्षक हान्सी फ्लिकलाई पनि सोही खेलमा भएको घटनाका लागि युइएफए क्लब प्रतियोगिताबाट एक खेलको निलम्बन र २० हजार युरो जरिवाना गरिएको छ।

जर्मन प्रशिक्षकलाई आचरणका सामान्य सिद्धान्त र शिष्टाचारका आधारभूत नियम उल्लङ्घन गरेको ठहर गरिएको बताइएको छ।

फ्लिकका सहायक प्रशिक्षक मार्कस सर्गलाई पनि उस्तै कारणले समान आर्थिक तथा खेल सम्बन्धी सजाय दिइएको छ। जसका कारण उनीहरू बार्सिलोनाको आगामी युरोपेली खेलमा बेन्चमा बस्न पाउने पाउने छैनन्।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.