default_image

4 months ago

August 10, 2025

अञ्जन सम्मिलित कश्मिरको खेल आज

534 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसी डुरान्ड कपमा आज समूह चरणको अन्तिम खेल खेल्दैछ ।

समूह चरणको अन्तिम खेलमा कश्मिरले नेरोका फुटबल क्लबसँग खेल्दैछ । दुई टोलीबीचको खेल खुमन लम्पाक रंगशालामा आइतवार नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

समूहको अन्तिम खेल्दै गरेका दुवै टोली जितका साथ अर्को चरण प्रवेशको सम्भावना कायमै राख्न चाहन्छन् ।

कश्मिर २ खेलमा ३ अंकका साथ समूह ‘एफ’ को दोस्रो स्थानमा छ । समान खेलमा २ अंक जोडेको नेरोका तेस्रो स्थानमा छ । इण्डियन नेभी एफसी ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ । नेपाली टोली त्रिभुवन आर्मी फुटबल क्लब भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

२४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस २ र सोनी लिभले गरिरहेको छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.