4 months ago
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन पटकको विश्व विजेता उत्तर कोरिया एएफसी यु २० महिला एसियन कपको अन्तिम चरणका लागि छनोट भएको छ।
भुटानमा जारी प्रतियोगितामा नेपाललाई आज ११-० को फराकिलो अन्तरमा हराएसँगै उत्तर कोरिया समूह विजेताका रुपमा फाइनल राउन्डका लागि छनोट भएको हो। समूह चरणबाट बाहिरिएको नेपालको उत्कृष्ट दोस्रो हुने संभावना पनि समाप्त भएको छ।
नेपाललाई निरिह बानउँदै गोलको वर्षा गर्ने हो क्योङ्को प्रदर्शन सानदार रहयो। उनी एक्लैले ५ गोल गरिन्। चोए चोङ्ग गमले ह्याट्रिकको सफलता प्राप्त गर्दा कप्तान पाक ओकी,जोङ पक योङ र पाक सोङ चोङले समान १ गोल गरे।
उत्तर कोरियालाई हो क्योङ्ले सानदार सुरूवात दिलाइन्। पहिलो हाफमा क्योङ्ले गरेको ५ गोलमा उत्तर कोरियाले ५-० को अग्रता बनायो। तेस्रो मिनेटमा गोलको खाता खोल्ने क्रममा जोन इल चोङ्को क्रसमा हो क्योङ्ले गोल गरिन्। १२ औं मिनेटमा नेपालकी गोल किपर लिला जोशीलाई चिप गर्दै क्योङले दोस्रो गोल गरिन्।
क्योङ्ले १२ औं मिनेटमा ह्याट्रिक पुरा गरिन्। रिए ग्योङको क्रसमा उनी गोल गर्न सफल रहिन्। उनले ३७ औं मिनेटमा चौथो र ४१ औं मिनेटमा पाक ओकीको सहयोगमा व्यक्तिगत पाँचौं गोल गरिन्।
नेपाल दोस्रो हाफमा पनि सम्हालिन सकेन। नेपालले थप ६ गोल बेहोर्यो। ४८ औं मिनेटमा नेपालकी गोलकिपर लिलाले रोकेको बलमा कप्तान पाक ओकीले रिबाउन्डमा गोल गरिन्।

५३ औं मिनेटमा चोए चोङ्ग गमले टोलीको लागि सातौं गोल गरिन्। उनले क्लोज रेन्जबाट बललाई सही दिशा दिइन्। चोए चोङ्गले नै ८८ औं मिनेटमा अफ साइड ट्रयाप बिट गर्दै जोङ पक योङले गोल गरिन्। निर्धारित ९० मिनेटमा नेपालले ८ गोल खायो।
यसपछि इन्ज्युरी समयमा नेपालले थप ३ गोल खान पुग्यो। इन्ज्युरी समयको पहिलो र पाँचौं मिनेटमा चोए चोङ्गले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। इन्ज्युरी समयको सातौं मिनेटमा पाक सोङ चोङले पनि गोल गरेसँगै निर्णय ह नेपाललाई बलियो उत्तर कोरियाले ११-० को हार चखायो।
उत्तर जोरियाले यसअघि साउदी अरेबियालाई १५-० र भुटानलाई १०-० ले हराएको थियो। लगातार तीन खेलमा सानदार जितका साथ उत्तर कोरिया अगाडि बढ्यो । उत्तर कोरिया तीन पटकको विश्व विजेता र दुई पटकको एसिया कप विजेता राष्ट्र हो।
पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरीमा रोकियो नेपालले दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले हरायो।
हरेक समूहको विजेता महिला एसियन कपमा छनोट हुनेछन्। साथै ३ उत्कृष्ट उपविजेता टोली पनि छनोट हुनेछन्।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]