4 months ago
August 10, 2025
दिपक बोहरा, पाँचथर
झापाको रेड स्टार क्लब तेस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
गण्डकी प्रदेशको सहारा क्लब पोखरालाई २-० ले हराउँदै रेड स्टार अन्तिम चारमा पुगेको हो। रेड स्टारका लागि दुबै गोल सविन लुङ्गेली मगरले गरे।
ताप्लेजुङको भानुजन माविको खेलमैदानमा आज भएको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो। खेलको अन्त्यतिर सविनले गोल गरे।
७७ औं मिनेटमा पहिलो गोल गरेका सविनले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल थपे। उनै सविन खेलको प्लेयर अफ दि म्याच घोषित भए।
लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ र दोस्रो टोलीले ३ लाख ५२ हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन्।
प्रतियोगितामा भोलि चर्च ब्वाइज काठमाडौँ र भारत सिलिगुढीको लिजेण्ड फुटबल एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]