default_image

4 months ago

August 10, 2025

रेड स्टार ताप्लेजुङ गोल्ड कपको सेमिफाइनल

437 views

0 Bookmark

दिपक बोहरा, पाँचथर
झापाको रेड स्टार क्लब तेस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ‌।

गण्डकी प्रदेशको सहारा क्लब पोखरालाई २-० ले‌ हराउँदै रेड स्टार अन्तिम चारमा पुगेको हो। रेड स्टारका लागि दुबै गोल सविन लुङ्गेली मगरले गरे।

ताप्लेजुङको भानुजन माविको खेलमैदानमा‌ आज भएको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो। खेलको अन्त्यतिर सविनले गोल‌ गरे।

७७ औं मिनेटमा पहिलो गोल गरेका सविनले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल थपे। उनै सविन खेलको प्लेयर अफ दि म्याच घोषित भए।

लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ र दोस्रो टोलीले ३ लाख ५२ हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन्।

प्रतियोगितामा भोलि चर्च ब्वाइज काठमाडौँ र भारत सिलिगुढीको लिजेण्ड फुटबल एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.