default_image

4 months ago

August 11, 2025

अञ्जनसम्मिलित कश्मीरको जित

959 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फरवार्ड अञ्जन विष्टसम्मिलित आई–लिग टोली रियल कश्मीर एफसीले डुरान्ड कपमा अर्को जित हासिल गरेको छ ।

खुमान लम्पक मुख्य रंगशालामा आइतवार समूह ‘एफ’ को खेलमा कश्मीरले घरेलु टोली नेरोका एफसीलाई ३-१ ले पराजित गरेको हो । यो जितपछि कश्मीरको अर्को चरण प्रवेशको सम्भावना कायम छ ।

कश्मीरको जितमा रञ्जन सिंह, मारेत तारिक र मोडु म्बेङ्गुले गोल गरे । लुकास चागासले नेरोकाका लागि गोल गरे । रञ्जनले ३२औं मिनेटमा गोल गर्दै कश्मीरलाई अग्रता दिलाए ।

नेरोकाका चागासले ६७औं मिनेटमा बराबरी गोल गरे । मारेतले ७०औं र मोडुले ८२औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे ।

कश्मीरले ३ खेलमा ६ अंकसहित समूह चरणको यात्रा समाप्त गरेको छ । २ अंक जोडेको नेरोक साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

इन्डियन नेभी र ट्राउ एफसीबीच मंगलवार हुने अन्तिम खेलपछि यो समूहको विजेता र नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ।

इण्डियन नेभी ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ । नेपाली टोली त्रिभुवन आर्मी फुटबल क्लब भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

२४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.