default_image

4 months ago

August 11, 2025

चर्च ब्वाइज ताप्लेजुङ गोल्ड कपको सेमिफाइनलमा

398 views

0 Bookmark

दिपक बोहरा, ताप्लेजुङ

ललितपुर चर्च ब्वाईज क्लब ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारत सिलगुढीको लिजेण्ड फुटबल एकेडेमीलाई आज
१-० झिनो अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो।

खेलको १०औं मिनेटमा मनिष जर्गा मगरले गरेको गोल नै खेलको निर्णायक सावित भयो। लिजेण्डका एक खेलाडीले रेड कार्ड पाएपछि लिजेण्ड १० खेलाडीमा सीमित भएको थियो। विजयी टोलीका विश्वास चौधरीलाई प्लेयर अफ दि म्याच घोषित गरिएको छ।

लाखे जात्रा संचालन समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र दोस्रो टोलीले ३ लाख ५२ हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्।

भोलि अन्तिम क्वाटरफाइनलमा सलहेश फुटबल क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.