9 years ago
March 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू १५ फुटबल टोलीले श्रीलंकामा आयोजना हुने एसएफटी दक्षिण एसिया जापान यू १६ फुटबल एक्सेन्ज प्रोगाममा भाग लिने भएको छ । बिहीबार त्यसतर्फ जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विदाई गरेको छ ।

श्रीलंका जाने टोलीमा १८ खेलाडीसहित २४ जना छन् । मधुसुदन उपाध्यायको नेतृत्वमा रहेको टोलीको मुख्य प्रशिक्षक सुनिकुमार श्रेष्ठ रहेका छन् । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ, कार्यवाहक महासचिव सञ्जिव मिश्र, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, एएफसी विकास अधिकृत योगेश देसाई र एएएफसी लिग मेनजमेन्ट एक्पर्ट कन्स्लट्यान्ट ट्रोय म्याककोले टोलीको विदाई गरेका थिए ।
अध्यक्ष श्रेष्ठले टोलीलाई शुभकामना दिदै अभ्यासमा सिकेका ज्ञानलाई मैदानमा उतार्न सुझाव दिए । नेपालले भुटानको यू १६ सँग मार्च ११मा, जापानको यू १५ सँग मार्च १२ र आयोजक श्रीलंकासँग मार्च १४ मा प्रतिस्पर्धा गर्नेछ । टोली मार्च १५ मा स्वदेश फर्कनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]